कोशी प्रदेश पर्यटन वर्ष २०८२ का लागि १० करोड विनियाेजन

काठमाडौं । कोशी प्रदेश सरकारले पर्यटक प्रवद्र्धनका लागि १० करोड रुपैयाँ छुट्याएको छ । आइतबार आगामी आर्थिक वर्ष २०८२–८२ को बजेट सार्वजनिक गर्दै कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले पर्यटन वर्ष २०८२ का लागि १० करोड रुपैयाँ विनियोजन गरेको जनाएका हुन् । ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नाराका […]

Jun 15, 2025 - 12:44
 0
कोशी प्रदेश पर्यटन वर्ष २०८२ का लागि १० करोड विनियाेजन

काठमाडौं । कोशी प्रदेश सरकारले पर्यटक प्रवद्र्धनका लागि १० करोड रुपैयाँ छुट्याएको छ ।

आइतबार आगामी आर्थिक वर्ष २०८२–८२ को बजेट सार्वजनिक गर्दै कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले पर्यटन वर्ष २०८२ का लागि १० करोड रुपैयाँ विनियोजन गरेको जनाएका हुन् ।

‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नाराका साथ सुरु गरिएको कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई पर्यटनको आधार वर्षको रूपमा सञ्चालन गरिने उनले जानकारी दिए ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register