सरकारले भन्यो– इरानमा रहेका सबै नेपाली सुरक्षित छन्

काठमाडौं । इजरायल र इरानबीच युद्ध चर्किरहेका बेला ती मुलुकमा रहेका नेपालीहरू सुरक्षित रहेको नेपाल सरकारले जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले इरानमा १२ जना नेपाली रहेको जनाएको छ । साथै उनीहरू सबै सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कुनै समस्या भए सम्पर्कका लागि भन्दै इरान हेर्ने कतारको दोहास्थित नेपाली […]

Jun 15, 2025 - 12:47
 0
सरकारले भन्यो– इरानमा रहेका सबै नेपाली सुरक्षित छन्

काठमाडौं । इजरायल र इरानबीच युद्ध चर्किरहेका बेला ती मुलुकमा रहेका नेपालीहरू सुरक्षित रहेको नेपाल सरकारले जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले इरानमा १२ जना नेपाली रहेको जनाएको छ ।

साथै उनीहरू सबै सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कुनै समस्या भए सम्पर्कका लागि भन्दै इरान हेर्ने कतारको दोहास्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख कुमार राईको नम्बर सार्वजनिक गरेको छ ।

परराष्ट्रले इजरायलमा ५ हजार ५ सय नेपाली रहेको र उनीहरू सबै सुरक्षित रहेको बताएको छ । इजरायलमा रहेका नेपालीहरूलाई तेलअभिभस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । यसअघि तेलअभिभस्थित नेपाली दूतावासले एक एडभाइजरी जारी गर्दै सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको थियो ।

शुक्रबार इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा द्वन्द्व चर्किने सम्भावना बढेको छ । इराजली आक्रमणको जवाफमा इरानले पनि इजरायलमा मिसाइल आक्रमण गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register