अनाधिकृत संरचना हटाउन दोस्रो पटक सूचना जारी- असार मसान्तसम्मको म्याद

काठमाडौं महानगरपालिका र डिभिजन सडक कार्यालय, काठमाडौंले जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाउन दोस्रो पटक सार्वजनिक सूचना जारी गरेका छन्। भौतिक योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार, अरनिको राजमार्गको उक्त खण्डमा दायाँबायाँ १५/१५ मिटर गरी सडक सीमा तोकिएको छ। यसैअनुसार, नेपाल सरकार र स्थानीय निकायहरूको संयुक्त पहलमा २०८२ वैशाख […]

Jun 16, 2025 - 04:41
 0
अनाधिकृत संरचना हटाउन दोस्रो पटक सूचना जारी- असार मसान्तसम्मको म्याद

काठमाडौं महानगरपालिका र डिभिजन सडक कार्यालय, काठमाडौंले जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाउन दोस्रो पटक सार्वजनिक सूचना जारी गरेका छन्।

भौतिक योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार, अरनिको राजमार्गको उक्त खण्डमा दायाँबायाँ १५/१५ मिटर गरी सडक सीमा तोकिएको छ। यसैअनुसार, नेपाल सरकार र स्थानीय निकायहरूको संयुक्त पहलमा २०८२ वैशाख १० गते सडक सीमांकन गरी चिह्नो लगाइएको र किला गाडिएको थियो।

महानगरका अनुसार, सार्वजनिक सडक ऐन २०३१ को दफा १९ विपरीत केही व्यक्तिहरूले नक्सा पासबिना वा पास विपरीत सडक सीमाभित्र संरचना निर्माण गरेका छन्। यी अनाधिकृत संरचना नहटाइएपछि दोस्रो सूचना प्रकाशित गरिएको हो।

सूचनामा २०८२ असार मसान्तसम्म सम्बन्धित व्यक्तिहरूलाई आफ्ना अनाधिकृत संरचनाहरू आफैँ हटाउन भनिएको छ। यदि तोकिएको समयभित्र संरचना नहटाइएमा सार्वजनिक सडक ऐन २०३१, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा विद्यमान भवन निर्माण मापदण्ड र कार्यविधिअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register