हिम स्टार उर्जा कम्पनीले पायो आइपीओ निष्काशनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख १९ हजार कित्ता आइपीओ निष्काशन गर्न कम्पनीलाई अनुमति दिएको हो । बोर्डको अनुमतिसँगै कम्पनीले छिट्टै कुल ११ करोड १९ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । आईपीओको बिक्री […]

May 23, 2025 - 13:36
 0
हिम स्टार उर्जा कम्पनीले पायो आइपीओ निष्काशनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख १९ हजार कित्ता आइपीओ निष्काशन गर्न कम्पनीलाई अनुमति दिएको हो ।

बोर्डको अनुमतिसँगै कम्पनीले छिट्टै कुल ११ करोड १९ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

कम्पनीले ५ मेगावाट क्षमताको विद्युत उत्पादनका लागि अनुमति लिएको छ । उक्त परियोजनाको निर्माणका लागि आवश्यक पूँजी संकलन गर्ने उद्देश्यले कम्पनीले सेयर निष्काशन गर्न लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register