बीमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी, झुठा विवरण बुझाएर नियुक्ति लिएको आरोप ! 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि झुठो विवरण पेश गरेको भन्दै ओझाविरुद्ध अख्तियारमा उजुरी परेको हो ।  ओझाले बीमा प्राधिकरणको अध्यक्ष बन्न कार्यअनुभवको झुठो विवरण पेश गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख गरिएको छ । उनलाई मन्त्रिपरिषद्को गत फागुन १२ गते बसेको […]

Mar 10, 2025 - 03:24
 0
बीमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी, झुठा विवरण बुझाएर नियुक्ति लिएको आरोप ! 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि झुठो विवरण पेश गरेको भन्दै ओझाविरुद्ध अख्तियारमा उजुरी परेको हो । 

ओझाले बीमा प्राधिकरणको अध्यक्ष बन्न कार्यअनुभवको झुठो विवरण पेश गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख गरिएको छ ।

उनलाई मन्त्रिपरिषद्को गत फागुन १२ गते बसेको बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । तर, ओझाले सरकारलाई ढाँटेर नियुक्ति लिएको उजुरीमा दाबी गरिएको छ । 

त्यस्तै, अध्यक्ष ओझासँग बीमा ऐनमा उल्लेख गरिएको अध्यक्ष बन्न चाहिने बैंक, वित्त, बीमालगायतका क्षेत्रमा आवश्यक पर्ने अनुभव पनि नरहेको उजुरीमा उल्लेख छ । यही कारण झुठा विवरण पेश गरेर अध्यक्षको बनेका ओझामाथि छानबिन गरी तत्काल कारवाही गर्न उजुरीमा माग गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register