७ महिनामा भित्रियो नौ खर्ब रेमिट्यान्स, साढे २ लाख नेपाली विदेशिए

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा नौ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म)मा नौ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । माघ मसान्तसम्म भित्रिएको रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३ प्रतिशत बढी हो । त्यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स ५.३ प्रतिशतले […]

Mar 11, 2025 - 07:54
 0
७ महिनामा भित्रियो नौ खर्ब रेमिट्यान्स, साढे २ लाख नेपाली विदेशिए

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा नौ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म)मा नौ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

माघ मसान्तसम्म भित्रिएको रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३ प्रतिशत बढी हो ।

त्यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स ५.३ प्रतिशतले वृद्धि भएर ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स १६.४ प्रतिशतले बढेको थियो ।

यता वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ७४ हजार ६ सय २२ जना रहेको छ । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार ८ सय छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या एक लाख ५७ हजार ४५ थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register