मालपोत कार्यालय कोहलपुरका एक कर्मचारीसहित तीन जना पक्राउ

काठमाडौं । मालपोत कार्यालय कोहलपुर बाँकेका एक जना कर्मचारी र दुई जना बिचौलिया घुस रकमसहित पक्राउ परेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो । अख्तियारका अनुसार मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे अख्तियारको नियन्त्रणमा परेका हुन् । उनले विचौलियामार्फत सेवाग्राहीबाट २० हजार रुपैयायँ लिई रेस्टुरेन्ट सञ्चालक घनश्याम […]

May 23, 2025 - 14:23
 0
मालपोत कार्यालय कोहलपुरका एक कर्मचारीसहित तीन जना पक्राउ

काठमाडौं । मालपोत कार्यालय कोहलपुर बाँकेका एक जना कर्मचारी र दुई जना बिचौलिया घुस रकमसहित पक्राउ परेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

अख्तियारका अनुसार मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे अख्तियारको नियन्त्रणमा परेका हुन् ।

उनले विचौलियामार्फत सेवाग्राहीबाट २० हजार रुपैयायँ लिई रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएका थिए । अख्तियारले खरिदार पाण्डे, विचौलिया शान्ती पुन र रेस्टुरेन्ट सञ्चालक तिवारीलाई पक्राउ गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register