लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी कार्यक्रम गरिँदै

लुम्बिनी । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी कार्यक्रम सञ्चालन गरिने भएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा इन्द्र ढकालका अनुसार अस्पतालको सर्जरी विभागमा पित्तथैलीको अपरेसनको पालो लिई प्रतीक्षामा बसेका बिरामीहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिने भएको हो । मेसु डा ढकालद्वारा शुक्रबार जारी गरिएको सूचनामा भनिएको छ, ‘यस अस्पतालमा जाँच गराई […]

May 23, 2025 - 15:05
 0
लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी कार्यक्रम गरिँदै

लुम्बिनी । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी कार्यक्रम सञ्चालन गरिने भएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा इन्द्र ढकालका अनुसार अस्पतालको सर्जरी विभागमा पित्तथैलीको अपरेसनको पालो लिई प्रतीक्षामा बसेका बिरामीहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिने भएको हो ।

मेसु डा ढकालद्वारा शुक्रबार जारी गरिएको सूचनामा भनिएको छ, ‘यस अस्पतालमा जाँच गराई अपरेसनको मिति २०८२ असार १ गतेपछिको पालो लिएर बसिरहेका बिरामीहरूले यही जेठ १२ देखि जेठ २२ गतेसम्म अस्पताल प्रशासन शाखामा कार्यालय समयमा सम्पर्क गरी नाम दर्ता गराउन अनुरोध छ ।’

नाम दर्ता गराइसकेपछि अपरेसनको पालो लिएको कागजातसहितको विवरण अस्पतालको इमेलमा पठाउन वा आफैँ उपस्थिति भई अस्पतालको प्रशासन शाखामा बुझाउन अस्पतालले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register