वारिपारिका बिरामीको ज्यान बचाउँदै सर्पदंश उपचार केन्द्र बनियानी

बनियानी, ४ असार । दक्षिणी झापाको कचनकवल गाउँपालिका–६ स्थित सर्पदंश उपचार केन्द्र बनियानीमा नेपाल–भारत दुवै देशका आठ सय ५६ जना बिरामीको उपचार भएको छ । वि.सं. २०७८ साल साउन ३ गते स्थापना भएको सर्पदंश उपचार केन्द्र बनियानीमा हालसम्म एक सय जना भारतीय नागरिकसहित आठ सय ५६ जना बिरामीको उपचार भएको कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख [...] The post वारिपारिका बिरामीको ज्यान बचाउँदै सर्पदंश उपचार केन्द्र बनियानी appeared first on Jhapa Online.

Jun 18, 2025 - 03:42
 0
वारिपारिका बिरामीको ज्यान बचाउँदै सर्पदंश उपचार केन्द्र बनियानी

बनियानी, ४ असार । दक्षिणी झापाको कचनकवल गाउँपालिका–६ स्थित सर्पदंश उपचार केन्द्र बनियानीमा नेपाल–भारत दुवै देशका आठ सय ५६ जना बिरामीको उपचार भएको छ ।

वि.सं. २०७८ साल साउन ३ गते स्थापना भएको सर्पदंश उपचार केन्द्र बनियानीमा हालसम्म एक सय जना भारतीय नागरिकसहित आठ सय ५६ जना बिरामीको उपचार भएको कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।

कूल सर्पदंशका बिरामीमध्ये २३ जना महिला र २३ जना पुरुष ४६ जना बिषालू सर्पदंशका नेपाली बिरामी रहेका छन् भने पाँच जना महिला र आठ जना पुरुष भारतीय बिरामी रहेका छन् ।

उपचार केन्द्र स्थापना अघि सर्पदंशबाट यस क्षेत्रमा बर्सेनि छ÷सात जनाको ज्यान जाने गरेको थियो । हाल मृत्यु शून्य रहेको यादवले बताउनुभयो । आईसीयू नहुँदा सर्पदंशबाट गम्भीर भएका बिरामीको उपचारमा समस्या भएको र उनीहरुलाई रेफर गर्नुपर्दा कतिपय बिरामीको बाटोमै मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।

The post वारिपारिका बिरामीको ज्यान बचाउँदै सर्पदंश उपचार केन्द्र बनियानी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register