प्रिमियर लिग अगस्ट १५ देखि : उद्घाटन खेलमा साविक विजेता लिभरपुलले बोर्डमाउथको सामना गर्ने

काठमाडौं । इंग्लिस प्रिमियर लिग (फुटबल) २०२५–२६ को सिजनको उद्घाटन खेलमा साविक विजेता लिभरपुलले बोर्डमाउथसँग प्रतिस्पर्धा गर्ने भएको छ । नयाँ सिजनको पहिलो खेल अगस्ट १५ (शुक्रबार)का दिन लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । अर्ने स्लटको प्रशिक्षणमा पहिलो सिजनमै उपाधि जितेको लिभरपुलले यस सिजन आफ्नो उपाधि रक्षा गर्ने प्रयास गर्नेछ । उद्घाटन खेलको भोलिपल्ट, १६ […]

Jun 18, 2025 - 10:29
 0
प्रिमियर लिग अगस्ट १५ देखि : उद्घाटन खेलमा साविक विजेता लिभरपुलले बोर्डमाउथको सामना गर्ने

काठमाडौं । इंग्लिस प्रिमियर लिग (फुटबल) २०२५–२६ को सिजनको उद्घाटन खेलमा साविक विजेता लिभरपुलले बोर्डमाउथसँग प्रतिस्पर्धा गर्ने भएको छ । नयाँ सिजनको पहिलो खेल अगस्ट १५ (शुक्रबार)का दिन लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ ।

अर्ने स्लटको प्रशिक्षणमा पहिलो सिजनमै उपाधि जितेको लिभरपुलले यस सिजन आफ्नो उपाधि रक्षा गर्ने प्रयास गर्नेछ । उद्घाटन खेलको भोलिपल्ट, १६ अगस्टमा २०१६–१७ सिजनपछि पहिलोपटक शीर्ष डिभिजनमा फर्किएको सन्डरल्यान्डले वेस्ट ह्यामविरुद्ध घरेलु मैदानमा सिजनको सुरुआत गर्नेछ ।

त्यसैगरी, च्याम्पियनसिप उपाधि जितेर प्रिमियर लिगमा फर्किएको लिड्स युनाइटेडले सोमबार राति एभर्टनको सामना एल्यान्ड रोडमा गर्नेछ । एकै सिजनमा पुनः प्रमोशन पाएको बर्नलीले युरोपा लिग विजेता टोटनह्यामविरुद्ध पहिलो खेल खेल्नेछ । टोटनह्यामलाई यस सिजनदेखि थोमस फ्राङ्कले प्रशिक्षण दिनेछन् ।

म्यानचेस्टर युनाइटेड र आर्सनलबीचको ठूलो भिडन्त ओल्ड ट्राफोर्डमा हुनेछ, जुन पहिलो साताकै प्रमुख खेलमध्ये पर्छ ।

एभर्टनका समर्थकहरूले भने नयाँ रंगशाला हिल डिकिन्सन स्टेडियममा पहिलो खेल हेर्न दोस्रो चरण कुर्नुपर्नेछ, जहाँ उनीहरूले ब्राइटनको सामना गर्नेछन् ।

अर्कोतर्फ, पेप गार्डिओलाको म्यानचेस्टर सिटीले गत सिजन उपाधिविहीन बिताएपछि नयाँ सिजनको सुरुआत वुल्भ्सविरुद्ध मोलिन्यु स्टेडियममा गर्नेछ ।

प्रिमियर लिगको यो सिजनमा कुल ३८० खेल हुनेछन्, जुन ३३ वटा सप्ताहन्त र ५ वटा मध्यसाप्ताहिक चरणमा खेलिनेछ । सिजनको समापन २०२६ मे २४ मा हुनेछ ।

यस सिजनदेखि नयाँ टेलिभिजन सम्झौता लागू हुनेछ, जसअनुसार शनिबार ३ बजे बाहेकका सबै खेल प्रत्यक्ष प्रशारण हुनेछ, स्काई स्पोट्र्स वा टीएनटी स्पोर्टसमार्फत हुने इंग्लिस फुटबल संघले जनाएको छ ।

प्रिमियर लिगले अगस्ट १५ देखि सिजन सुरु गर्नुको कारण खेलाडीहरूलाई पर्याप्त आराम दिनु भएको जनाएको छ । यसका साथै, पर्वकालीन अवधिमा क्लबहरूले ६० घण्टाभित्र दुई खेल खेल्न नपर्ने व्यवस्था गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register