प्राधिकरणको नेतृत्वले सही मान्छे सही ठाउँमा व्यवस्थापन गरे बत्ती जाँदैन – घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ अन्त्यको अवस्थालाई निरन्तरता दिन प्राधिकरणको नेतृत्व बलियो हुनुपर्ने बताएका छन् । भक्तपुरको निलबाराही मन्दिर परिसरमा श्रमदानबाट सरसफाइ कार्यक्रममा घिसिङले जनता र राम्रो टीमका कारण नेपालमा लोडसेडिङ अन्त्य गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिनका लागि नेतृत्वका साथै व्यवस्थापकीय पक्ष बलियो हुनुपर्ने बताएका हुन् […]

May 24, 2025 - 12:08
 0
प्राधिकरणको नेतृत्वले सही मान्छे सही ठाउँमा व्यवस्थापन गरे बत्ती जाँदैन – घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ अन्त्यको अवस्थालाई निरन्तरता दिन प्राधिकरणको नेतृत्व बलियो हुनुपर्ने बताएका छन् ।

भक्तपुरको निलबाराही मन्दिर परिसरमा श्रमदानबाट सरसफाइ कार्यक्रममा घिसिङले जनता र राम्रो टीमका कारण नेपालमा लोडसेडिङ अन्त्य गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिनका लागि नेतृत्वका साथै व्यवस्थापकीय पक्ष बलियो हुनुपर्ने बताएका हुन् ।

उनले हावाहुरी लगायतका कारणबाहेक बत्ती आउने–जाने कुरालाई प्राधिकरणले गम्भीर रुपमा लिँदै उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

घिसिङले प्राधिकरणको अहिलेको नयाँ नेतृत्वले सही मान्छे सही ठाउँमा व्यवस्थापन गर्दै उनीहरुको मनोबल उच्च राखेर काम गरे २४ घण्टा नै बत्ती नजाने गरि व्यवस्थापन गर्न सकिने धारणा राखे । त्यस्तै, उनले आफूले अहिलेसम्म गरेका कामको अनुभवका आधारमा जनतामा समर्पित भएर लाग्ने उल्लेख गरे ।

उनले उज्यालो नेपाल बती उज्यालोको मात्रै नभएर धेरै क्षेत्रमा रहेका अध्यारोलाई उज्यालोमा परिणत गर्ने दायित्व सवैको भएकाले आफू पनि त्यसका लागि क्रियाशिल हुने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register