हलगोरु पाल्ने रिब्दीकोटका किसानलाई अनुदान

लुम्बिनी । हलगोरु पाल्ने किसानहरूलाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले अनुदान प्रदान गरेको छ । पालिकाले किसानहरूले दाना खरिद गरेबापत प्रति किसान २ हजार ५ सय रुपैयाँका दरले २ सय ८२ जना गोरुपालक किसानलाई अनुदान दिएको हो । त्यस्तै, रासायनिक मलको प्रयोग कम गर्दै गोठे र गोब्रे मल प्रयोगका लागि प्रोत्साहन गर्न हलगोरु खरिद गरेर पाल्ने किसानहरूलाई […]

May 25, 2025 - 08:17
 0
हलगोरु पाल्ने रिब्दीकोटका किसानलाई अनुदान

लुम्बिनी । हलगोरु पाल्ने किसानहरूलाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले अनुदान प्रदान गरेको छ ।

पालिकाले किसानहरूले दाना खरिद गरेबापत प्रति किसान २ हजार ५ सय रुपैयाँका दरले २ सय ८२ जना गोरुपालक किसानलाई अनुदान दिएको हो ।

त्यस्तै, रासायनिक मलको प्रयोग कम गर्दै गोठे र गोब्रे मल प्रयोगका लागि प्रोत्साहन गर्न हलगोरु खरिद गरेर पाल्ने किसानहरूलाई प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँका दरले अनुदान दिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा किसानहरूलाई अनुदान दिने व्यवस्था थियो । प्रत्येक वडामा पुगेर किसानको तथ्यांक संकलन गरी हलगोरु पालिरहेकालाई दानाका लागि र नयाँ खरिद गर्ने किसानलाई समेत अनुदान दिइएको अध्यक्ष कार्कीले बताए ।

‘पछिल्लो समय मान्छेहरू शहरमुखी भए, गाउँमा मान्छेहरू कम छन् । गोरु, गाई भैँसीलगायतका वस्तुभाउ पाल्ने चलन लोप हुन थालेको छ । गाईवस्तु पाल्न छाडेपछि गोबर मलको कमी भएर रासायनिक मलको प्रयोग बढ्दो छ । गोठे र गोब्रे मल उत्पादन र प्रयोगमा वृद्धि तथा रासायनिक मललाई निरुत्साहित गर्न बस्तुभाउ पाल्नेलाई प्रोत्साहन स्वरूप दिएको अनुदान रकम वितरण गरेको हो,’ उनले भने । यसले किसानलाई राहात मिलेको अध्यक्ष कार्कीले दावी गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register