घर-जग्गा कारोबारलाई व्यवस्थित बनाउँदै शिथिलता हटाउने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले घर-जग्गा कारोबारमा देखिएको शिथिलता हटाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार, जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन ग्रहण गर्दै सिंहले घर-जग्गा कारोबारलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए । उपप्रधानमन्त्री सिंहले कार्यदलद्वारा प्रस्तुत गरिएको प्रतिवेदनलाई ऐतिहासिक दस्तावेजका […]

Dec 20, 2024 - 10:14
 0
घर-जग्गा कारोबारलाई व्यवस्थित बनाउँदै शिथिलता हटाउने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले घर-जग्गा कारोबारमा देखिएको शिथिलता हटाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार, जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन ग्रहण गर्दै सिंहले घर-जग्गा कारोबारलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए ।

उपप्रधानमन्त्री सिंहले कार्यदलद्वारा प्रस्तुत गरिएको प्रतिवेदनलाई ऐतिहासिक दस्तावेजका रूपमा लिइने बताउँदै यसको सुझावलाई क्रमिक रूपमा कार्यान्वयन गरिने आश्वासन दिए ।

उनले भने, “प्रतिवेदनले ऐन र नियम बनाउने क्रममा मार्गदर्शन गर्नेछ, र यसलाई अझ सशक्त बनाउन सरोकारवालासँग थप छलफल गरिनेछ।”

घर-जग्गा तथा आवास क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रको सहकार्यले यो क्षेत्रलाई उकास्ने विश्वास व्यक्त गरे ।

सिंहले मध्यम र निम्न वर्गका परिवारहरूलाई ‘हाउजिङ’ कार्यक्रममार्फत समेट्न सरकार आवश्यक कदम उठाउने बताए ।

शहरी विकास मन्त्रालयको भवन, आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलले सुधारसहितको प्रतिवेदन उपप्रधानमन्त्री सिंहलाई बुझाएको हो ।  प्रतिवेदनले जग्गा तथा आवास विकाससम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने विषय पहिचान गर्दै सुधारका उपाय प्रस्तुत गरेको छ ।

सरकारले प्रतिवेदनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी घर-जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्दै यो क्षेत्रलाई थप व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register