१७ वर्षीया किशोरी करणी आरोपमा भद्रपुरका युवा पक्राउ

झापा, ११ जेठ । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका–५ बस्ने २१ वर्षीय शंकर राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । शंकरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई कनकाई नगरपालिका–८ लक्ष्मीपुरबाट पक्राउ गरेको हो । यस्तै, इलाममा २५ वर्षीया महिलालाई जबरजस्ती [...] The post १७ वर्षीया किशोरी करणी आरोपमा भद्रपुरका युवा पक्राउ appeared first on Jhapa Online.

May 25, 2025 - 08:30
 0
१७ वर्षीया किशोरी करणी आरोपमा भद्रपुरका युवा पक्राउ

झापा, ११ जेठ । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका–५ बस्ने २१ वर्षीय शंकर राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । शंकरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई कनकाई नगरपालिका–८ लक्ष्मीपुरबाट पक्राउ गरेको हो ।

यस्तै, इलाममा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका–४ छयारछयारे बस्ने ३२ वर्षीय गोविन्द विष्टलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । गोविन्दले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post १७ वर्षीया किशोरी करणी आरोपमा भद्रपुरका युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register