उदयपुर जिल्ला नौ वर्षदेखि निरन्तर पूर्णखोप सुनिश्चित दीगोपना घोषणा

उदयपुर । स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबार उदयपुर जिल्लालाई पूर्णखोप सुनिश्चित दीगोपना जिल्ला घोषणा गरेको छ । स्वास्थ्य कार्यालयले गाईघाटमा कोशी प्रदेश स्वास्थ्य सचिव तथा प्रदेश खोप समन्वय समितिकी अध्यक्ष डो राधिका थपलियाको प्रमुख आतिथ्यतामा, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल, त्रियुगा नगरपालिकाकी उप प्रमुख महेश्वरी राई, स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका प्रतिनिधि, स्वास्थ्य तालिम केन्द्रका निमित्त […]

Jul 5, 2025 - 04:03
 0
उदयपुर जिल्ला नौ वर्षदेखि निरन्तर पूर्णखोप सुनिश्चित दीगोपना घोषणा

उदयपुर ।

स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबार उदयपुर जिल्लालाई पूर्णखोप सुनिश्चित दीगोपना जिल्ला घोषणा गरेको छ ।

स्वास्थ्य कार्यालयले गाईघाटमा कोशी प्रदेश स्वास्थ्य सचिव तथा प्रदेश खोप समन्वय समितिकी अध्यक्ष डो राधिका थपलियाको प्रमुख आतिथ्यतामा, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल, त्रियुगा नगरपालिकाकी उप प्रमुख महेश्वरी राई, स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका प्रतिनिधि, स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक बृज कुमार दास,स्वास्थ्य कार्यालयका कर्मचारीहरु, स्वास्थ्य स्वयम् सेबिकाहरु, जिल्लाभित्रका सबै पालिकाको स्वास्थ्य शाखाका प्रमुखहरुको सहभागितामा एक कार्यक्रमको आयोजना गरी उदयपुर जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथि डा.राधिका थपलियाले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सरकारले गाउँ गाउँमा गएर खोप कार्यक्रमलाई सफल पार्ने सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई रु ५ हजार दशै अघि नै उपलब्ध गराउने र स्वयम् सेविकाहरले ज्यादै दुःख गरेर काम गर्नु भएको हुँदा प्रोत्साहन स्वरुप ५ हजारआगामी आर्थिक वर्षबाट उपलब्ध गराइने बताउनु भयो ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले नौ वर्षदेखि निरन्तर यो घोषणा भएको र बालबालिकाहरको खोप लाउन पाउने अधिकार भएकोले नछुटाइकन बालबालिकाहरुलाई खोजेर खोप लाउनु आवश्यक भउको बताउनु भयो ।
त्रियगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले जिल्लाको विभिन्न पालिकाहरुमा खोप कार्यक्रम संचालन गर्दा महिला स्वयम् सेविकाहरुले प्रत्येक घरघरमा पुगेर बालबालिकाहरु खोजेर खोप लाउने काम गरेकोले सेवा सुविधामा तीनै तहका सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।

जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका सैयोजक गौर बहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा बिश्वकर्माले जिल्लालाई पूर्णखोप सुनिश्चित दीगोपना घोषणा गर्न महत्वपूर्ण भएको र स्वास्थ्यका क्षेत्रमा जिल्लामा उल्लेख्य प्रगति भएको बताए ।

उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख राम नरेश ठाकुर, स्वास्थ्य तालिम केन्द्र धनकुटाका निमित्त निर्देशक बृज कुमार दास, कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारी कटारी नपाका स्वास्थ्य अधिकृत सुरेश कुमार दाहाल लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा खोप कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्य कार्यालयका अधिकृत नरेश कुमार कर्ण र आठबटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register