धरानमा योजनाको भुक्तानी प्रकरण : मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद

काठमाडौं । धरान उपमहानगरपालिकामा करिब दुई महिना अघि सम्पन्न एउटा योजनाको भुक्तानी रोकिएको विषयमा मेयर हर्कराज राई (साम्पाङ) र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद देखिएको छ। मेयर साम्पाङले बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन जडान गरिएको तारजाली (मालमिटर) को भुक्तानीमा ढिलाइ भएको विषयमा लिखित स्पष्टीकरण मागेका छन्। उनले भुक्तानी रोकिएर स्थानीय जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीच समन्वयको कमी देखिएको […]

Jul 5, 2025 - 03:54
 0
धरानमा योजनाको भुक्तानी प्रकरण : मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद

काठमाडौं ।

धरान उपमहानगरपालिकामा करिब दुई महिना अघि सम्पन्न एउटा योजनाको भुक्तानी रोकिएको विषयमा मेयर हर्कराज राई (साम्पाङ) र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद देखिएको छ।

मेयर साम्पाङले बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन जडान गरिएको तारजाली (मालमिटर) को भुक्तानीमा ढिलाइ भएको विषयमा लिखित स्पष्टीकरण मागेका छन्।

उनले भुक्तानी रोकिएर स्थानीय जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीच समन्वयको कमी देखिएको बताएका छन्। मेयरका अनुसार, सबै प्रक्रिया पूरा भइसकेको र सार्वजनिक परीक्षणसमेत सम्पन्न भइसकेको अवस्थामा भुक्तानी रोकिनु उचित नभएको उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register