सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन

सन्तोष शर्माझापा, २१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूलो लगानी भए पनि सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्ने बताउनुभएको छ । झापाको हल्दिबारी शुक्रबार पूर्ण साक्षर पालिका घोषणा गर्नुहुँदै प्रमुख अतिथि लिङ्देनले सरकारले सामुदायिक विद्यालयमा ठूलो लगानी गरे पनि नतिजा खस्किनुको कारण खोज्नैपर्ने समय आएको बताउनुभयो । “कहाँ कमजोरी भयो, यति धेरै [...] The post सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन appeared first on Jhapa Online.

Jul 5, 2025 - 04:20
 0
सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन

सन्तोष शर्मा
झापा, २१ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूलो लगानी भए पनि सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्ने बताउनुभएको छ ।

झापाको हल्दिबारी शुक्रबार पूर्ण साक्षर पालिका घोषणा गर्नुहुँदै प्रमुख अतिथि लिङ्देनले सरकारले सामुदायिक विद्यालयमा ठूलो लगानी गरे पनि नतिजा खस्किनुको कारण खोज्नैपर्ने समय आएको बताउनुभयो ।

“कहाँ कमजोरी भयो, यति धेरै लगानी गरेर पनि सामुदायिक विद्यालयको परीक्षा परिणाम राम्रो हुन सकेको छैन ?”, उहाँले भन्नुभयो, “निजी विद्यालयभन्दा किन कमजोर छ ?”

भौतिक पूर्वाधारदेखि शिक्षक÷कर्मचारीको तलब, तालिम सबै कुरामा निजीभन्दा धेरै रहेको बताउनुहँुदै झापा क्षेत्र नं. ३ का सांसद समेत रहनुभएका लिङ्देनले शिक्षक अभावका भएको ठाउँमा समेत पालिकाहरुले निजी स्रोतबाट शिक्षक नियुक्त गरेको आफूले पाएको सुनाउनुभयो ।

“भवन नभएर हो कि, तलब नपुगेर हो कि, तालिम नभएर हो कि, कमजोरी र कारणहरु हामीले खोज्नुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो देश कस्तो बनाउने भन्ने कुरा अहिले उत्पादन भएका विद्यार्थीहरुबाटै हो, आगामी भविष्य र नेपाल कस्तो हुन्छ भन्ने कुरा हामीले उत्पादन गर्ने विद्यार्थीले निर्धारण गर्छ ।”

आगामी दिनमा देश राम्रो नराम्रो जस्तो बने पनि त्यसको जस र अपजस शिक्षकलाई हुने अध्यक्ष लिङ्देनको भनाइ छ ।

कार्यक्रममा शैक्षिक सत्र २०८१ को एसईई परीक्षमा हल्दिबारीबाट उत्तीर्ण भएका तीन सय आठ जना विद्यार्थीमध्ये उत्कृष्ट ३२ जना विद्यार्थी नगदसहित सम्मान गरिएको छ । प्रमुख अतिथि लिङ्देन, गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली लगायतले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले हल्दिबारीबाट एसईईमा सामुदायिकबाट दुई सय ८९ जना र निजीबाट एक सय ७८ जना गरी कूल चार सय ६७ जना विद्यार्थी सहभागी भएको सामुदायिकबाट एक सय ३८ र निजीबाट एक सय ७० जना विद्यार्थी उत्तीर्ण भएको बताउनुभयो । उहाँले गत वर्षभन्दा उत्तीर्ण प्रतिशत बृद्धि भएको बताउनुभयो । गत वर्ष सामुदायिक विद्यालय उत्तीर्ण प्रतिशत २७ बाट बढेर ४८ पुगेको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा गाउँपालिकाले तयार पारेको गाउँ शिक्षा योजना पुस्तिका सार्वजनिक गरिएको छ । गाउँपालिकाकी शिक्षा शाखा प्रमुख जनककुमारी राईले शिक्षा क्षेत्रको सुधारका लागि पञ्चवर्षीय गाउँ शिक्षा योजना पुस्तिका तयार पारिएको बताउनुभयो । गाउँपालिकामा साक्षरता दर ९५ प्रतिशत रहेको प्रमुख राईले बताउनुभयो ।

त्यस्तै, हल्दिबारीलाई पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री
यसैबीच, गाउँपालिकाले शुक्रबार यहाँका ६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री वितरण गरेको छ ।

नगरपालिकाको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले उनीहरूलाई सहायक सामग्री वितरण गरेको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष लिङ्देनले नगरपालिकाले प्रदान गरेको सहायक सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो । अपाङ्गता भएकाहरुको दैनिकीलाई सहज बनाउन सहायक सामग्री वितरण गरिएकाले अधिकतम उपयोग गर्न उहाँले आग्रह गर्नुभयो । आज कार्यक्रममा सहायक सामग्री लिन आउन नसकेका÷छुटेकालाई घरघरमा पु¥याउन कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, करुणा फाउण्डेसनसँगको सहकार्यमा र हल्दिबारी गाउँपालिकाले रू आठ लाख ९६ हजार बराबरको सहायक सामग्री वितरण गरेको गाउँपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा ह्वील चियर १३ थान, वैशाखी ७ थान, श्रवण यन्त्र १२ थान त्रिपल स्टिक ६ थान, एल स्टिक १२ तान, नेक १ थान, एयर मेट्रेस २ थान, स्टेनिङ फ्रेम ३ थान, ट्वाइलेट स्टेचर ६ थान, वकिङ फ्रेम २ थान र सीपी ह्वीलचियर २ थान वितरण गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले बताउनुभयो ।

The post सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register