राप्रपाका नेताद्वय मिश्र र राणाविरुद्ध चार–चार कसुरमा मुद्दा दायर

काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनका आरोपितद्वय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध चार–चार कसुरमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूसहितका व्यक्तिहरूविरुद्ध आइतबार मुद्दा दायर गरेको हो । मिश्र र राणाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित […]

May 25, 2025 - 13:47
 0
राप्रपाका नेताद्वय मिश्र र राणाविरुद्ध चार–चार कसुरमा मुद्दा दायर

काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनका आरोपितद्वय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध चार–चार कसुरमा मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूसहितका व्यक्तिहरूविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।

मिश्र र राणाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

गत चैत १५ गते राजसंस्था पक्षधरहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने क्रममा हिंसा भएको थियो । उक्त प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको ज्यान गएको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए ।

उक्त प्रदर्शनको कमान्ड भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । उनीमाथि पनि अहिले अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register