भद्रपुर झापा गोल्डकप : बङ्गलादेशको काउर्न बजार सेमिफाइनलमा

भद्रपुर । बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घ दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको तेस्रो क्वाटरफाइनलमा न्यूरोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले पराजित गर्दै उक्त टोलीले अन्तिम चारमा स्थान बनाएको हो । काउर्न बजारका लागि खेलको २४ औं मिनेटमा साइदले गोल गर्दै टोलीलाई १–० को […]

Feb 23, 2025 - 15:06
 0
भद्रपुर झापा गोल्डकप : बङ्गलादेशको काउर्न बजार सेमिफाइनलमा

भद्रपुर । बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घ दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मेची रङ्गशालामा आज भएको तेस्रो क्वाटरफाइनलमा न्यूरोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले पराजित गर्दै उक्त टोलीले अन्तिम चारमा स्थान बनाएको हो । काउर्न बजारका लागि खेलको २४ औं मिनेटमा साइदले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । लगत्तै खेलको २६औं मिनेटमा सोही टोलीका एस सिल्लाहले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हापमा कुनै टोलीले गोल गर्न सकेन्न ।

खेलको सुरुआतमा केही गोल गर्ने अवसर पाएर पनि चुकेपछि न्यूरोड जारी गोल्डकपबाट बाहिरिएको छ । काउर्न बजार बङ्गलादेशले यही फागुन १३ गते आयोजक भद्रपुर ब्लेजर्ससँग पहिलो सेमिफाइनल खेल्नेछ । आजको खेलको प्लेयर अफ द म्याच काउर्न बजारका एस सिल्लाह भए । उनले ट्रफिसहित नगद रु २१ हजार प्राप्त गरे ।

सोमबार चौथो तथा अन्तिम क्वाटरफाइनल खेल विभागीय टोली एपिएफ एपसी र ट्रान्सपोर्ट युनाइटेड भुटानबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register