नावालिकालाई जबरजस्ती करणी गर्ने चार जना पक्राउ 

उदयपु्र । उदयपुको कटारी नगरपालिका वडा नं ४ गबुवामा शुक्रवार राती एक १४ वर्षीय नावालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कटारी इलाका प्रहरी कार्यालयले ४ जनालाई पक्राउ गरेको बुझिएको छ ।  यस घटनाका बारेमा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाईले अत्यन्त गरिब परिवारकी कटारी  ४ की एक नावालिकालाई मादक पदार्थ सेवन गराएर […]

May 25, 2025 - 17:16
 0
नावालिकालाई जबरजस्ती करणी गर्ने चार जना पक्राउ 

उदयपु्र ।

उदयपुको कटारी नगरपालिका वडा नं ४ गबुवामा शुक्रवार राती एक १४ वर्षीय नावालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कटारी इलाका प्रहरी कार्यालयले ४ जनालाई पक्राउ गरेको बुझिएको छ । 

यस घटनाका बारेमा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाईले अत्यन्त गरिब परिवारकी कटारी  ४ की एक नावालिकालाई मादक पदार्थ सेवन गराएर ४ जना युवाहरुले जबरजस्ती करणी गरेको भन्ने उजुरी शनिवार कार्यालयमा प्राप्त भएपछि आवश्यक अनुसन्धान पश्चात् जबरजस्ती करणी गर्ने युवाहरु पक्राउ गरिएको बताए ।

नावालिकालाई मादक पदार्थ खुवाएर जबरजस्ती करणी गरेर युवाहरु आ आफ्नोघर गएको र नावालिका पनि आफन्तकोमा बसेर विहान घर गएपछि घटनाका बारेमा अभिभावकलाई  जानकारी दिएपछि इलाका प्रहरी कार्यालयमा उजुरी दिएको प्रनाउ बजगाईले बताए । 

प्रनाउ बजगाईका अनुसार साथीहरुको चिनाजानीको माध्यमबाट युवाहरुको सम्पर्कमा पुगेकी नावालिकाको घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएको र आर्थिक प्रलोभनमा पारेर घटना भएको हुन सक्छ ।

सो घटनामा  संलगन भएको आरोपमा प्रहरीले कटारी ४ गबुवाबाट वर्ष २५ को सुजन भन्ने राजकुमार तामाङ, सोही ठाउँका वर्ष २० को नवीन श्रेष्ठ,वर्ष २० कै जीव्न तामाङ, र वर्ष १९ को तर नाम  नखुलाइएको अर्का एक युवा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

पक्राउ परेका ४ जनालाई आइतबार उदयपुर जिल्ल अदालतबाट ७ दिनको म्याद लिएर  आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय कटारीका  प्रमुख बजागाईले बताए ।    

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register