बिर्तामोडमा घर नक्सा पास : चाहिँदा मात्र सेवाग्राहीको चासो

सन्तोष शर्माबिर्तामोड, १२ जेठ । आवासीय होस् वा व्यावसायिक जुनसुकै प्रयोजनका लागि पनि भवन निर्माण गर्दा घर नक्सा पास अनिवार्य गर्नुपर्छ । सम्भावित जोखिमबाट अधिकतम् सुरक्षा दिन सरकारले घर नक्सा पाससम्बन्धी व्यवस्था गरेको छ । तर, घर निर्माण गर्दा अधिकांशले सोको पालना गर्ने गरेका छैनन् । बैंकिङ प्रयोजन वा अन्य कुनै कारणले चाहिएर अभर पर्दा [...] The post बिर्तामोडमा घर नक्सा पास : चाहिँदा मात्र सेवाग्राहीको चासो appeared first on Jhapa Online.

May 26, 2025 - 03:17
 0
बिर्तामोडमा घर नक्सा पास : चाहिँदा मात्र सेवाग्राहीको चासो

सन्तोष शर्मा
बिर्तामोड, १२ जेठ ।
आवासीय होस् वा व्यावसायिक जुनसुकै प्रयोजनका लागि पनि भवन निर्माण गर्दा घर नक्सा पास अनिवार्य गर्नुपर्छ । सम्भावित जोखिमबाट अधिकतम् सुरक्षा दिन सरकारले घर नक्सा पाससम्बन्धी व्यवस्था गरेको छ । तर, घर निर्माण गर्दा अधिकांशले सोको पालना गर्ने गरेका छैनन् । बैंकिङ प्रयोजन वा अन्य कुनै कारणले चाहिएर अभर पर्दा मात्र चासो दिने गरेका छन् ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईं

“हामीले पटक–पटक सूचना जारी गरेर आह्वान गरेका छौं”, बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईं भन्नुहुन्छ, “जतिबेला चाहिन्छ त्यतिबेला मात्र नगरबासी आउनुहुन्छ ।”

छोराछोरी विदेश पठाउन, बैंकिङबाट ऋण निकाल्नु पर्दा अभर परेपछि मात्र अधिकांश नगरबासी घर नक्सा पास गर्न आउने गरेको उहाँले बताउनुभयो । “नगरबासीले मतलब नै गर्नुहुन्न, सूचना नै हेर्नु हुन्न”, उहाँले भन्नुभयो, “आफ्नो कुरा समयमै अपडेट गर्नुहुन्न, धेरै हैरान दिनुहुन्छ, नगरका प्रत्येक वडामा सूचना जारी गरिएको छ ।”

चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्म चार सय १६ वटा घर नक्सा पासको निवेदन आएको नगरपालिकाका सिभिल इन्जिनियर प्रभास थापा मगरले जानकारी दिनुभयो । नगरपालिकाबाट एक सय ३७ वटा प्रथम चरणको अस्थायी निमाण इजाजत पत्र र दोस्रो चरणको एक सय ४० वटा इजाजत पत्र प्रदान गरिएको उहाँले बताउनुभयो ।

सिभिल इन्जिनियर प्रभास थापा मगर

त्यस्तै, भवन निर्माण सम्पन्न प्रमाण पत्र पाँच वटा रहेको छ भने भवन अभिलेखीकरण सम्पन्न प्रमाणपत्र नौ वटा प्रदान गरिएको नगरपालिकाले जनाएको छ । घर नक्सा पास सम्बन्धी यी कार्यवापत नगरपालिकाले रू ५२ लाख १७ हजार दुई सय ६२ राजश्वसमेत संकलन गरेको छ ।

नगर क्षेत्रमा केही वर्षअघि वार्षिक पाँच÷छ सयको हाराहारीमा घर नक्सा पास हुने गरे पनि आर्थिक मन्दीको प्रभावले हाल तीन सयको हाराहारीमा घर नक्सा पास हुने गरेको छ ।

सरकारले सन् २०२४ मा जारी गरेको नेपाल विल्डिङ कोर्ड २०५ अन्तरगत नगरपालिकामा घर नक्सा सम्बन्धी काम भइरहेको छ । “अहिले छ सुते आठ वटा रड प्रयोग १४ इञ्चको पिलर न्यूनमतम् मापण्डद छ”, उहाँले भन्नुभयो, “अहिले बेस बिम लगाउनु पर्दैन ।”

घर नक्सा पासको मापदण्डलाई कार्यान्वन गर्न वडा कार्यालयहरुले जग्गा बिक्रीका लागि सिफारिस गर्दा घर नक्सा मापदण्ड अनुसारको सिफासिर गर्नुपर्ने र छरछिमेकले पनि घर निर्माण भइरहेका बेला ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । “अहिले बाटोको मापदण्ड कम्तिमा २० फिट छ र सेट क्याक ५ फिट छोडेर घर बनाउनु पर्छ”, उहाँले भन्नुभयो, “आमनागरिक पनि घर बनाउने कुरामा सचेत हुन जरुरी छ ।”

हाल ८ धुर भन्दा कम जग्गाको कित्ताकाट नहुने भएकाले मापदण्ड अनुसारको घर बनाउन कम्तिमा ३३ मुख भएको जग्गा आवश्यक हुने इन्जिनियर थापामगर बताउनुहुन्छ ।

घर निर्माणमा सरकारले एउटै मापदण्ड जारी गर्दा सम्पन्नले मात्र घर बनाउन अवस्था सिर्जना भएको इन्जिनियर थापा मगर बताउनुहुन्छ । “ग्रामीण क्षेत्रमा मानिसले सरकारी मापदण्ड अनुसारको घर बनाउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “मापदण्ड अनुसारको घर बनाउन कम्तिमा ३५ लाख लाग्छ, यत्रो लगानी गरेर घर बनाउँदा मानिस ऋणबाट उक्सिन सक्दैनन् ।”

हाल जारी मापदण्डले अधिकतम् सुरक्षा दिने भए पनि घर बनाउनेहरुलाई मर्का परेको उहाँ बताउनुहुन्छ । सरकारले ठाउँ अनुसारको मापदण्ड निर्माण गरेर जारी गर्नुपर्ने इन्जिनियर थापाको भनाइ छ ।

बिर्तामोड नगरपालिकामा दुई जना ओभरसियर सब इन्जिनियर, एक जना सब इन्जिनियर र एक जना नगर निरीक्षकले सेवा दिँदै आएका छन् । जनशक्ति अभावका कारण भनेजसरी काम गर्न नसकिएको इन्जिनियर थापामगरको बताउनुहुन्छ । विसं. २०७२ बैशाख १२ गते गएको विनाशकारी महाभूकम्प पछि मापदण्ड अनुसारको घर निर्माणलाई सरकारले विशेष प्राथमिकता दिएको छ ।

The post बिर्तामोडमा घर नक्सा पास : चाहिँदा मात्र सेवाग्राहीको चासो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register