प्रधानमन्त्रीको अभिव्यक्ति र दुर्गा प्रसाईंले ‘आओ आओ’ भनेको उस्तै हो – मनीष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई दुर्गा प्रसाईंको बोलीसँग तुलना गरेका छन् । ओलीले आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका थिए । व्यवस्थाविरोधी आन्दोलनलाई लक्षित गर्दै उनले भनेका थिए, “१५ गते काठमाडौं […]

May 26, 2025 - 10:52
 0
प्रधानमन्त्रीको अभिव्यक्ति र दुर्गा प्रसाईंले ‘आओ आओ’ भनेको उस्तै हो – मनीष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई दुर्गा प्रसाईंको बोलीसँग तुलना गरेका छन् ।

ओलीले आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका थिए । व्यवस्थाविरोधी आन्दोलनलाई लक्षित गर्दै उनले भनेका थिए, “१५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ । त्यसका लागि तयार रहनू ।”

त्यस भनाइप्रति कटाक्ष गर्दै झाले भिडिओमार्फत भनेका छन्, “प्रधानमन्त्रीज्यूले कार्यकर्तालाई उत्तेजित गर्ने निर्देशन दिनु, चैत्र १५ मा दुर्गा प्रसाइले “आओ आओ” भनेको उस्तै हो ।”

प्रसाईंले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा प्रहरीकाे समूहमाथि गाडी हुँइकाउँदै “आओ आओ” भन्दै प्रदर्शनकारीलाई उक्साएका थिए ।

साथै, नेपाली काङग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठ्दा अनुसन्धान सघाउन छोडेर आफैँ निर्णय सुनाएको झाले बताए ।

उनले भने, “गृहमन्त्री माथि प्रश्न उठ्दा कांग्रेसले सम्बन्धित आयोगलाई अनुसन्धानमा सघाउनुको साटो, आफैले निर्णय सुनाउनु भनेको अर्को भाषामा ‘हामी कानुन मान्दैनौ’ भनेको हो ।”

काङ्ग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले लेखक निर्दोष रहेको भन्दै बचाउ गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register