१० तस्वीरमा हेरौँ भारतदेखि अमेरिकासम्म मनाइएको नयाँ वर्ष

काठमाडौं । प्रायः संसारभरका मानिसले इस्वी संवत् २०२५ लाई उत्सवका साथ स्वागत गरेका छन् । यस अवधिमा मानिसहरूले रंगीन आतसबाजी र लाइट शोको आनन्द लिए । ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष मनाउनका लागि ३१ डिसेम्बर राति अष्ट्रेलियाको सिड्नीलाई विभिन्न लाइटले रंगीन बनाइएको थियो । यस्तै साे राति भारतको राजधानी नयाँ दिल्लीस्थित इन्डिया गेटमा मानिसहरू पुगेका थिए […]

Jan 1, 2025 - 02:38
 0
१० तस्वीरमा हेरौँ भारतदेखि अमेरिकासम्म मनाइएको नयाँ वर्ष

काठमाडौं । प्रायः संसारभरका मानिसले इस्वी संवत् २०२५ लाई उत्सवका साथ स्वागत गरेका छन् । यस अवधिमा मानिसहरूले रंगीन आतसबाजी र लाइट शोको आनन्द लिए ।

ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष मनाउनका लागि ३१ डिसेम्बर राति अष्ट्रेलियाको सिड्नीलाई विभिन्न लाइटले रंगीन बनाइएको थियो ।

यस्तै साे राति भारतको राजधानी नयाँ दिल्लीस्थित इन्डिया गेटमा मानिसहरू पुगेका थिए ।

मुम्बईमा पनि नयाँ वर्ष मनाउन मानिस एकैठाउँ भेला भए ।

यस्तै इटालीको रोममा मानिसहरूले नयाँ वर्षलाई भव्य रुपमा मनाए ।

बेलायतको लण्डनमा पनि नयाँ वर्ष सुरु भएको छ ।

नेदरल्याण्ड्सको एम्स्टर्डममा नयाँ वर्षलाई स्वागत गर्न जनतामा निकै उत्साह देखिएको छ ।

नयाँ वर्षको अवसरमा जोनास ब्रदर्सले अमेरिकाको न्युओर्कको टाइम्स स्क्वायरमा प्रदर्शन गरेको छ ।

फ्रान्सको पेरिसमा समेत मानिसहरूले नयाँ वर्षलाई भव्य रुपमा स्वागत गरेका छन् ।

यता नेपालमा पनि इस्वी संवतको नयाँ वर्ष मनाइएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, चितवनको सौराहा, लुम्बिनी, तनहुँको बन्दीपुरलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइयो ।

नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा मङ्गलबार साँझ पर्यटकीय नगरी बन्दीपुरमा गरिएको साङ्गितिक कार्यक्रममा गीत प्रस्तुत गर्दै कलाकार । तस्वीर : पूर्ण विके/रासस ।

मङ्गलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ । –बीबीसी हिन्दीको सहयोगमा

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register