सोमबार ५.२१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

May 26, 2025 - 10:49
 0
सोमबार ५.२१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register