बजेट आउनुअघि नामी र सेरेसको ‘इज अन वालेट’

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि “इज अन वालेट” को घोषणा गरेको छ । जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडि चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउन सक्नेछन् । यो अफर नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन भइरहेको छ, जसमाग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव […]

May 26, 2025 - 11:37
 0
बजेट आउनुअघि नामी र सेरेसको ‘इज अन वालेट’

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि “इज अन वालेट” को घोषणा गरेको छ ।

जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडि चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउन सक्नेछन् ।

यो अफर नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन भइरहेको छ, जसमाग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार सीमित अवधिको अफरको लाभ लिने ग्राहकहरूले आफ्नो अनुभवलाई अझ उत्कृष्ट बनाउन डिजाइन गरिएका विशेष सुविधाहरूको प्राप्त गर्नेछन् । यसमा चार्जिंगका लागि 7 kW + 3.5 kW चार्जर, एक वर्षको अटो-प्लस बीमा, र एक वर्षको सवारी कर समावेश छन् । थप रूपमा ग्राहकहरूले निःशुल्क एसेसरीज , प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार, र हरेक बुकिङमा माउन्टेन फ्लाईट प्राप्त गर्नेछन् ।

साथै, चार भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड जित्ने अवसर पनि पाउनेछन् ।

इच्छुक ग्राहकहरूलाई मूल्य बढ्नु अघि आफ्नो नजिकको नामी र सेरेसको शोरूम वा अधिकृत डिलरमा गई यी विशेष सुविधाहरूको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register