धितोपत्र बोर्डको छानविनमा परेका ‘सेयर खेलाडी’ चन्द्र सिंह साउद नेपाल इन्स्योरेन्सको अध्यक्ष !

काठमाडौँ । नेपाल इन्स्योरेन्सको संचालक हुँदा नियम विपरित सेयर कारोबार गरेको आरोपमा नियामक नेपाल धितोपत्र बोर्डको अनुसन्धानमा परेका चन्द्र सिंह साउद नेपाल इन्स्योरेन्सको अध्यक्षमा नियुक्त भएका छन् । जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साउदलाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको हो । साउद विसं २०७९ जेठ ३० गतेदेखि कम्पनीको सञ्चालकको […]

May 27, 2025 - 09:37
 0
धितोपत्र बोर्डको छानविनमा परेका ‘सेयर खेलाडी’ चन्द्र सिंह साउद नेपाल इन्स्योरेन्सको अध्यक्ष !

काठमाडौँ । नेपाल इन्स्योरेन्सको संचालक हुँदा नियम विपरित सेयर कारोबार गरेको आरोपमा नियामक नेपाल धितोपत्र बोर्डको अनुसन्धानमा परेका चन्द्र सिंह साउद नेपाल इन्स्योरेन्सको अध्यक्षमा नियुक्त भएका छन् । जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साउदलाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको हो ।

साउद विसं २०७९ जेठ ३० गतेदेखि कम्पनीको सञ्चालकको रूपमा रहँदै आएका छन् । उनले संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आइरहेका थिए ।

साथै, सोही बैठकले रिक्त रहेको सञ्चालक पदमा भने समता पन्तलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register