सरकारी कर्मचारीको संख्या घटाइँदै, सरकारी खर्चमा भोज खुवाउन पनि नपाइने !

काठमाडौँ । सरकारले कर्मचारीको संख्या घटाउने भएको छ । सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१ जारी गर्दै सरकारले सरकारी कर्मचारीको संख्या घटाउने तयारी गरेको हो । उक्त मापदण्डअनुसार सरकारले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तह मातहतका कर्मचारी घटाइने भएको छ । ‘नेपाल सरकारको केन्द्रीय, प्रदेशस्तरीय र स्थानीय संरचनाहरु क्रमशः कम गर्ने […]

Feb 7, 2025 - 08:27
 0
सरकारी कर्मचारीको संख्या घटाइँदै, सरकारी खर्चमा भोज खुवाउन पनि नपाइने !

काठमाडौँ । सरकारले कर्मचारीको संख्या घटाउने भएको छ । सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१ जारी गर्दै सरकारले सरकारी कर्मचारीको संख्या घटाउने तयारी गरेको हो ।

उक्त मापदण्डअनुसार सरकारले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तह मातहतका कर्मचारी घटाइने भएको छ ।

‘नेपाल सरकारको केन्द्रीय, प्रदेशस्तरीय र स्थानीय संरचनाहरु क्रमशः कम गर्ने र तद्अनुरुप विद्यमान दरबन्दीको संख्या घटाउने गरी संगठन पुनर्संरचना गर्दै संगठन संरचना छरितो र कामयाबी बनाउँदै लगिनेछ ।’, मापदण्डमा भनिएको छ ।

त्यस्तै, सरकारले सोही मापदण्डमा सरकारी कार्यालयबाट आयोजना हुने सभा, गोष्ठी, तालिम र सेमिनारहरु तारे होटलमा गर्न नपाइने व्यवस्था गरेको छ । उक्त मापदण्ड कार्यान्वयनमा आएसँगै तालिम, गोष्ठी, सेमिनार, बैठक र अन्तरक्रियाजस्ता कार्यक्रम आफ्नै सभाहल वा बैठक हलमा गर्नुपर्नेछ । सकेसम्म यस्ता कार्यक्रम अनलाइन प्रविधिको माध्यमबाट गर्नुपर्ने पनि मापदण्डमा उल्लेख छ ।

त्यसबाहेक विदेशी अतिथि तथा पाहूनाको सत्कार बाहेक अन्य अवस्थामा सरकारी खर्चमा भोजभतेर वा उत्सव मनाउन नपाइने पनि मापदण्डमा भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register