गणतन्त्रविरुद्धको चलखेलमा संयुक्त पहिचानवादी मोर्चा चुप नलाग्ने

झापा, १३ जेठ । संघीय लोकतन्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाविरुद्ध मुलुकमा प्रतिगामी तत्वहरूले चलखेल गरिएको भन्दै संयुक्त पहिचानवादी मोर्चा चुप नलाग्ने जनाएको छ । संघीय लोकतन्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाविरुद्ध मुलुकमा प्रतिगामी तत्वहरूले चलखेल गरिरहेकाले त्यसको विरुद्ध खुलेरै लाग्ने मोर्चाका झापा अध्यक्ष एलपी पालुङ्वाले बताउनुभयो । जेठ १२ गते बसेको संयुक्त पहिचानवादी मोर्चा झापाको पहिलो [...] The post गणतन्त्रविरुद्धको चलखेलमा संयुक्त पहिचानवादी मोर्चा चुप नलाग्ने appeared first on Jhapa Online.

May 27, 2025 - 10:47
 0
गणतन्त्रविरुद्धको चलखेलमा संयुक्त पहिचानवादी मोर्चा चुप नलाग्ने

झापा, १३ जेठ । संघीय लोकतन्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाविरुद्ध मुलुकमा प्रतिगामी तत्वहरूले चलखेल गरिएको भन्दै संयुक्त पहिचानवादी मोर्चा चुप नलाग्ने जनाएको छ ।

संघीय लोकतन्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाविरुद्ध मुलुकमा प्रतिगामी तत्वहरूले चलखेल गरिरहेकाले त्यसको विरुद्ध खुलेरै लाग्ने मोर्चाका झापा अध्यक्ष एलपी पालुङ्वाले बताउनुभयो ।

जेठ १२ गते बसेको संयुक्त पहिचानवादी मोर्चा झापाको पहिलो सचिवालय बैठकबाटै त्यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, जिल्ला सचिवालय सदस्यमा मोगेन राईलाई र जिल्ला सल्लाहकारमा प्रेम घिसिङ मनोनयन गरिएको उहाँले बताउनुभयो ।

यस्तै, मोर्चाले संगठन विस्तारमा निरन्तरता दिँदै हल्दिबारी गाउँपालिकामा जेठ २५ गते, भद्रपुर नगरपालिकामा जेठ अन्तिम हप्ता र बिर्तामोडमा असार ५ गते गठन प्रक्रिया पालिकास्तरीय समिति गठन गर्ने जनाइएको छ ।

The post गणतन्त्रविरुद्धको चलखेलमा संयुक्त पहिचानवादी मोर्चा चुप नलाग्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register