सामान्य बढ्यो सेयर बजार, चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ० दशमलव ८५ अङ्कले बढेर २६७५ दशमलव ६२ को विन्दुमा पुगेको छ । मंगलबार ३१८ कम्पनीका ५९ हजार ६३३ पटकको कारोबारमा एक करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

May 27, 2025 - 10:49
 0
सामान्य बढ्यो सेयर बजार, चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ० दशमलव ८५ अङ्कले बढेर २६७५ दशमलव ६२ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१८ कम्पनीका ५९ हजार ६३३ पटकको कारोबारमा एक करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ रहेको छ ।

८५ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैङ्क, ओम मेगाश्री फर्माक्यूटीकल्स, ग्रीन डेभलपमेन्ट बैङ्क, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, पियोर इनर्जीको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । आज युनिभर्सल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register