बिर्तामोडको गोकुल जोशी मार्गमा कालोपत्रे सुरु

बिर्तामोड, १३ जेठ । बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित गोकुल जोशी मार्गमा कालोपत्रे सुरु गरिएको छ । कछुवारी देखि दाहाल गाउँसम्मको ७ सय ५३ मिटर खण्डमा आज कालो पत्रे सुरु गरिएको हो । भोलिसम्ममा कालो पत्रे सम्पन्न गर्ने ठेक्केदार कम्पनी जय लक्ष्मी निर्माण सेवाका दिनेश मैनालीले जानकारी दिनुभयो । यस खण्डमा सडक डिभिजन कार्यालय [...] The post बिर्तामोडको गोकुल जोशी मार्गमा कालोपत्रे सुरु appeared first on Jhapa Online.

May 27, 2025 - 15:05
 0
बिर्तामोडको गोकुल जोशी मार्गमा कालोपत्रे सुरु

बिर्तामोड, १३ जेठ । बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित गोकुल जोशी मार्गमा कालोपत्रे सुरु गरिएको छ ।

कछुवारी देखि दाहाल गाउँसम्मको ७ सय ५३ मिटर खण्डमा आज कालो पत्रे सुरु गरिएको हो । भोलिसम्ममा कालो पत्रे सम्पन्न गर्ने ठेक्केदार कम्पनी जय लक्ष्मी निर्माण सेवाका दिनेश मैनालीले जानकारी दिनुभयो । यस खण्डमा सडक डिभिजन कार्यालय दमकको १ करोड ६४ लाख रुपैयाँ बजेटमा सडक स्तरोनन्तिको भएको हो ।

यस मार्गमा विभिन्न ३ खण्डमा ठेक्का लागेर काम भईरहेको छ । दाहाल गाउँदेखि लालमाटी चोक पश्चिम खण्डसम्म १ किलोमिटर क्षेत्रमा कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको २ करोड ४४ लाख रुपैयाँ समपुरक बजेटबाट काम भईरहेको छ । यस खण्डमा पनि सब वेसको काम सम्पन्न भएकोले केहिदिन भित्रमा कालो पत्रे गरिने वडाअध्यक्ष पौडेलले जानकारी दिनु भयो ।

यस्तै चारपाने(घैलाडुवा सडक खण्डदेखि पश्चिम घाग्रा पुलसम्मको १ किलोमिटर खण्डमा भौतिक योजना मन्त्रालयको ६ करोड रुपैयाँ बजेटबाट शान्ति निर्माण सेवा प्रा।लिले काम गर्दैछ । यस क्षेत्रमा अलि गहिरो भाग रहेकोले प्लम निर्माणको काम द्रुत गतिमा भईरहेकोले यो महिना भरिमा कालोपत्रेको चरणमा पुग्ने वडाअध्यक्ष पौडेलले बताउनु भयो । सडक कालो पत्रे भएसंगै स्थानीय खुशी छन् ।

बिर्तामोडमा गोकुल जोशी मार्गसंगै बुट्टाबारी-प्याकुरेल चोक सडक, हर्कलाल मार्ग, सहिद चन्द्रमार्गमा स्तरोनन्ति काम धमाधम भईरहेको छ ।

The post बिर्तामोडको गोकुल जोशी मार्गमा कालोपत्रे सुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register