‘गृहमन्त्रीको राजिनामा आउँदैन, छानबिन पनि आउँदैन’- काँग्रेस 

काठमाडौँ । नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा नआउने बताएको छ । काँग्रेस र एमालेको बालुवाटारमा बसेको बैठक सकेर निस्किएका काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्रीको राजिनामा नआउने बताएका हुन् ।  उनले गृहमन्त्रीको राजिनामा नआउने मात्र होइन, उनीमाथि छानबिन गर्न छानबिन समिति समेत गठन नहुने बताएका छन् ।  कर्मचारीमाथि प्रश्न […]

May 28, 2025 - 08:07
 0
‘गृहमन्त्रीको राजिनामा आउँदैन, छानबिन पनि आउँदैन’- काँग्रेस 

काठमाडौँ । नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा नआउने बताएको छ । काँग्रेस र एमालेको बालुवाटारमा बसेको बैठक सकेर निस्किएका काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्रीको राजिनामा नआउने बताएका हुन् । 

उनले गृहमन्त्रीको राजिनामा नआउने मात्र होइन, उनीमाथि छानबिन गर्न छानबिन समिति समेत गठन नहुने बताएका छन् । 

कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीले राजिनामा नदिने दाबी गर्दै घिमिरेले राजिनामा गर्नुपर्ने कारण पनि नभएको र सो विषयमा गृहमन्त्रीले जवाफ पनि दिनु नपर्ने बताएका छन् । बरु, उल्टै उनले गृहमन्त्रीको राजिनामा माग्नु नै गलत भएको दाबी गरेका छन् ।

यसो त नेपाली काँग्रेसको पदाधिकारी बैठकले समेत गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा निर्दोष ठहर गरेको थियो । बिना अनुसन्धान काँग्रेसले गृहमन्त्री लेखकलाई निर्दोष ठहर गरेपछि काँग्रेसप्रति नै प्रश्न उठेको थियो । हाल प्रतिपक्ष दलहरुले गृहमन्त्री लेखकको राजिनामा मागेका छन् । 

गृहमन्त्रीको राजिनामा माग्दै प्रतिपक्षले अवरोध गरेपछि मंगलबार संसद् चल्न सकेको थिएन । बुधबार पनि सहमति नजुटेपछि बैठक बस्न सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register