नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी, र इयुबीच साझेदारी

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँगको सहकार्य र युरोपियन युनियनको एसीएसआइआइएस कार्यक्रमको सहयोगमा तीन दिने तालिम संचालन गरेको छ । मार्चको पहिलो हप्ता संचालित सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय र साना तथा मध्यम उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो । नेपाल […]

Mar 20, 2025 - 06:27
 0
नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी, र इयुबीच साझेदारी

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँगको सहकार्य र युरोपियन युनियनको एसीएसआइआइएस कार्यक्रमको सहयोगमा तीन दिने तालिम संचालन गरेको छ ।

मार्चको पहिलो हप्ता संचालित सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय र साना तथा मध्यम उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो ।

नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिममा बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन अभ्यासहरूलाई समाहित गर्न जोड दिइएको थियो । जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्‍याउने दाबी गरिएको छ ।

आइएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे प्रशिक्षण दिइएको तालिममा एनएमबि बैंकका व्यवसायिक टोली, ई एण्ड एस तथा जोखिम अधिकृतहरू र ग्राहक गरी ९० जना सहभागी थिए ।

तालिमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको बैंकले जनाएको छ ।

यस पहलले पर्यावरणीय, सामाजिक र सुशासन तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र ग्राहकको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको बैंकले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register