गृहमन्त्रीलाई संसद्‌मा बोल्न नदिनू असंसदीय अभ्यास : एमाले

काठमाडौं । नेकपा एमालेले गृहमन्त्री रमेश लेखकलाई संसद्‌मा बोल्न नदिनू असंसदीय अभ्यास भएको टिप्पणी गरेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्राकृतिक न्यायको सिद्धान्तअनुसार पनि आरोपितलाई जवाफ दिने मौका दिनुपर्ने बताए । ‘गृहमन्त्रीबारे प्रश्न उठाउनु स्वाभाविक छ। उहाँहरूले प्रश्न उठाउँन पाउँनुहुन्छ । प्रश्न उठेका व्यक्तिले जवाफ दिन्छु भनेपछि जवाफ पनि त सुन्नुपर्छ । गृहमन्त्रीलाई […]

May 28, 2025 - 09:22
 0
गृहमन्त्रीलाई संसद्‌मा बोल्न नदिनू असंसदीय अभ्यास : एमाले

काठमाडौं । नेकपा एमालेले गृहमन्त्री रमेश लेखकलाई संसद्‌मा बोल्न नदिनू असंसदीय अभ्यास भएको टिप्पणी गरेको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्राकृतिक न्यायको सिद्धान्तअनुसार पनि आरोपितलाई जवाफ दिने मौका दिनुपर्ने बताए । ‘गृहमन्त्रीबारे प्रश्न उठाउनु स्वाभाविक छ। उहाँहरूले प्रश्न उठाउँन पाउँनुहुन्छ । प्रश्न उठेका व्यक्तिले जवाफ दिन्छु भनेपछि जवाफ पनि त सुन्नुपर्छ । गृहमन्त्रीलाई बोल्न नदिनू असंसदीय अभ्यास हो,’ बर्तौलाले भने ।

भिजिट भिसा प्रकरणबारे जरैसम्म अनुसन्धान गर्नुपर्ने उनले बताए । ‘भिजिट भिसामा बाहिर जान खोज्ने नेपालीहरूसँग असुल उपर गर्ने कुरा गैरकानुनी छ । यसको जरैदेखि अनुसन्धान हुनुपर्छ भन्ने हाम्रो पनि माग छ,’ उनले भने ।

बजेटबारे विभिन्न सुझाव पनि दिनुपर्ने भएकाले प्रतिपक्षी दलले सदन सञ्चालनको वातावरण बनाउनुपर्ने उनले बताए । ‘संसद् सत्तापक्षको पनि हो । हामीले बोल्न नपाउने त ? सुझाव दिन नपाउने?,’ उनको प्रश्न छ ।

कर्मचारी छानबिनमा तानिँदा गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register