नेपालले थाइल्याण्डलाई दियो ८२ रनको लक्ष्य

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले थाइल्याण्डलाई ८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा ८१ रन बनाएको हो । नेपालका लागि सम्झना खड्काले १७ रन बनाइन् । राजमती ऐरी ११ रनमा अविजित रहिन् । कविता जोशीले १४ र कप्तान […]

Feb 7, 2025 - 08:12
 0
नेपालले थाइल्याण्डलाई दियो ८२ रनको लक्ष्य

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले थाइल्याण्डलाई ८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा ८१ रन बनाएको हो ।

नेपालका लागि सम्झना खड्काले १७ रन बनाइन् । राजमती ऐरी ११ रनमा अविजित रहिन् । कविता जोशीले १४ र कप्तान इन्दु बर्माले १० रन बनाइन् ।

थाइल्याण्डका लागि ओनिच्चा चोम्फुले ३ विकेट लिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register