चिलीमा बिजुली गएपछि सडकमा सेना तैनाथ, कारण के ?

काठमाडौं । चिलीमा विद्युत् कटौतीले देशको ठूलो भागलाई असर गरेको छ । राजधानी सान्टियागोका केही भागहरूमा भने विद्युत् आइसकेको छ । देशभर विद्युत् आपूर्ति बन्द भएपछि प्रभावित क्षेत्रहरूमा कर्फ्यू लगाइएको छ भने त्यहाँ सैनिकहरू तैनाथ गरिएको छ । बिजुली नहुँदा आक्रमण वा तोडफोड हुनसक्ने सम्भावनाले सरकारले सेना तैनाथ गरेको मिडिया रिपोर्टमा उल्लेख छ । दक्षिण […]

Feb 26, 2025 - 05:24
 0
चिलीमा बिजुली गएपछि सडकमा सेना तैनाथ, कारण के ?

काठमाडौं । चिलीमा विद्युत् कटौतीले देशको ठूलो भागलाई असर गरेको छ । राजधानी सान्टियागोका केही भागहरूमा भने विद्युत् आइसकेको छ ।

देशभर विद्युत् आपूर्ति बन्द भएपछि प्रभावित क्षेत्रहरूमा कर्फ्यू लगाइएको छ भने त्यहाँ सैनिकहरू तैनाथ गरिएको छ ।

बिजुली नहुँदा आक्रमण वा तोडफोड हुनसक्ने सम्भावनाले सरकारले सेना तैनाथ गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

दक्षिण अमेरिकाको सबैभन्दा ठूलो सङ्गीत महोत्सव भिना डेल मार रद्द गरिएको छ ।

देशका अस्पताल र कारागारहरूमा जेनेरेटरमार्फत बिजुली आपूर्ति भइरहेको छ । यातायात व्यवस्था नराम्ररी प्रभावित भएको छ। सरकारले यसको लागि प्रणाली असफलतालाई दोष दिएको छ।

चिलीका राष्ट्रपति गेब्रियल बोरिकले टिभी सम्बोधनको क्रममा भने, “बिजुली कटौतीबाट ८० लाख घरहरू प्रभावित भएका छन्। अहिलेसम्म आधा घरहरूमा बिजुली पुन: आइसकेको छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register