न्युजिल्यान्डका उपप्रधानमन्त्री काठमाडौँमा

काठमाडौँ। न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स बुधबार काठमाडौँ आइपुगेका छन्। दुईदिने औपचारिक भ्रमणमा उनी नेपाल आएका हुन्। उनलाई नेपाली अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी, उनले आजै साँझ परराष्ट्रमन्त्री डा. […]

May 28, 2025 - 09:42
 0
न्युजिल्यान्डका उपप्रधानमन्त्री काठमाडौँमा

काठमाडौँ।

न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स बुधबार काठमाडौँ आइपुगेका छन्। दुईदिने औपचारिक भ्रमणमा उनी नेपाल आएका हुन्।

उनलाई नेपाली अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, उनले आजै साँझ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उनको सम्मानमा डा. राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register