बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने भएको छ । हालै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै नगद मौज्दात अनुपात ७० प्रतिशत रकम दैनिक रुपमा राख्नुपर्ने व्यवस्थालाई परिवर्तन गरेको हो । केन्द्रिय बैंकले संशोधित निर्देशिकाअनुसार अब अनिवार्य नगद मौज्दातको न्युनतम ९० प्रतिशत रकम दैनिक रुपमा राख्नुपर्नेछ । कुल […]

May 29, 2025 - 08:17
 0
बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने भएको छ । हालै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै नगद मौज्दात अनुपात ७० प्रतिशत रकम दैनिक रुपमा राख्नुपर्ने व्यवस्थालाई परिवर्तन गरेको हो ।

केन्द्रिय बैंकले संशोधित निर्देशिकाअनुसार अब अनिवार्य नगद मौज्दातको न्युनतम ९० प्रतिशत रकम दैनिक रुपमा राख्नुपर्नेछ ।

कुल निक्षेपको कुल चार प्रतिशत राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, ग वर्गका संस्थाहरुले अनिवार्य रुपमा राष्ट्र बैंकमा राख्नुपर्ने पहिलेकै व्यवस्थामा अहिले निर्देशिका संशोधन गरेर राष्ट्र बैंकले हिस्सा बढाएको हो । हाल बैंक, वित्तीय संस्थासँग ६९ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप छ ।

त्यसको सीआरआर कायम गर्न २ खर्ब ७६ अर्ब रुपैयाँ हाराहारीमा छुट्टयाउँदै आएकोमा १ खर्ब ९३ अर्ब रुपैयाँ केन्द्रिय बैंकमा राख्दै आएका छन् । अब भने केन्द्रिय बैंकमा २ खर्ब ४८ अर्ब रुपैयाँ राख्नुपर्नेछ । यसले गर्दा बजारमा रहेको अधिक तरलतामा केही कम हुने राष्ट्र बैंकले अपेक्षा गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register