सिटिजन्स बैंक १८ वर्षे बैंशमा, सिइओको ध्यान बोनसमा, सेयरधनीलाई नगन्य लाभ, एनपिएल हरिबिजोग !  

काठमाडौँ । बिग्रिएको वित्तीय विवरण देखाउँदै आफूलाई अब्बल दाबी गर्ने सिटिजन्स बैंकले बैशाख ७ गते (आज) १८औँ वार्षिकोत्सव मनाएको छ । बैंकले प्रभातफेरी सहित बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो १८औँ वार्षिकोत्सव मनाएको हो ।  १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सिइओ गणेशराज पोखरेलले बैंक सोचेजस्तो राम्रो अवस्थामा नरहेको स्वीकारेका छन् ।  उनले […]

Apr 20, 2025 - 04:26
 0
सिटिजन्स बैंक १८ वर्षे बैंशमा, सिइओको ध्यान बोनसमा, सेयरधनीलाई नगन्य लाभ, एनपिएल हरिबिजोग !  

काठमाडौँ । बिग्रिएको वित्तीय विवरण देखाउँदै आफूलाई अब्बल दाबी गर्ने सिटिजन्स बैंकले बैशाख ७ गते (आज) १८औँ वार्षिकोत्सव मनाएको छ । बैंकले प्रभातफेरी सहित बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो १८औँ वार्षिकोत्सव मनाएको हो । 

१८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सिइओ गणेशराज पोखरेलले बैंक सोचेजस्तो राम्रो अवस्थामा नरहेको स्वीकारेका छन् । 

उनले हाल बैंकको निष्क्रिय कर्जा अनुपात ५.७१ प्रतिशतबिन्दु रहनु दुःखद भएको बताएका छन् । तर, उनले बैंकका कर्मचारीलाई निष्क्रिय कर्जा कम गरेर नाफा बढाउने गरी काम गर्न पनि निर्देशन दिएका छन् । ‘हाम्रो ५.७१ को एनपिएल छ, जुन अत्यन्तै दुःखद् हो ।’, सिइओ पोखरेलले भने, ‘सबैजना लागौँ, निष्क्रिय कर्जा घटाऔँ, नाफा बढाउने अभियानमा लागौँ ।’  

यसो त बैंकले पछिल्लो केही वर्षदेखि सेयरधनीलाई अपेक्षित लाभांश बाँड्न सकेको छैन । बैंकले गत आर्थिक वर्षमा ४.२१ प्रतिशत मात्रै लाभांश बाँडेको थियो भने अघिल्लो आर्थिक वर्षमा ५.७९ प्रतिशत लाभांश बाँडेको थियो । बैंकको लाभांश इतिहास हेर्ने हो भने पनि बैंकले वितरण गर्दै आएको लाभांशको ग्राम प्रत्येक वर्ष घट्दै आएको देखिन्छ । वार्षिकोत्सव कार्यक्रममा सिइओ पोखरेलले समेत सेयरधनी खुसी हुनेगरि बोनस दिन नसकेको बताएका छन् । उनले बोनस बढाउनेतर्फ पनि लाग्नुपर्ने बताएका छन् । 

त्यस्तै, पछिल्लो केही वर्षयता बैंकको एनपिएलसमेत बढ्दै गएको छ । तर, ऋण उठाउन नसकेको तितो यथार्थ स्वीकार्नुको साटो बैंकका सिइओ पोखरेलले बैंकको एनपिएल बढ्नुमा दुर्गा प्रसाईं लगायतको बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई दोष दिएका छन् । उनले बैंकविरुद्ध भएका अराजक गतिविधिका कारण ऋण उठाउन नसकिएको भन्दै उल्टै बैंकमाथि आक्रमण हुँदा अवस्था झन् बिग्रिँदै गएको बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register