सेयर बजारका लगानीकर्ताका लागि बजेटमा के-के आयो ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट आएसँगै बजेटमा लगानीकर्ताका लागि के-के आयो भन्ने चासो धेरैलाई छ । आखिर बजेटमा सेयर लगानीकर्ताका लागि के-के आयो ? १. […]

May 29, 2025 - 14:20
 0
सेयर बजारका लगानीकर्ताका लागि बजेटमा के-के आयो ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट आएसँगै बजेटमा लगानीकर्ताका लागि के-के आयो भन्ने चासो धेरैलाई छ । आखिर बजेटमा सेयर लगानीकर्ताका लागि के-के आयो ?

१. नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने !
२. पुँजी बजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गरिने ।
३. धितोपत्र बजारमा सूचीकृत कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वपुँजी ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने ।
४. कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न सक्ने कानूनी व्यवस्था गरिने ! (सम्बन्धित कोष÷कम्पनीले नियमावली र लगानी कार्यबिधी संशोधन गरेपछि लागू हुने तर प्रमोटर सेयरमा लगानी बढ्ने !)
५. सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार शुरु गरिने ! (नेप्से र सेबोनले कार्यबिधी बनाएर गर्न सक्ने)
६. गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमतिको व्यवस्था मिलाइने ।
७. होटेल व्यवशायलाई उध्योगको मान्यता÷कर सहुलियत । (तत्काल लागू हुने)
८. नेपाल टेलिकमको ३०% सेयर सरकारले पब्लिकलाई बेच्ने । (प्रक्रिया तय हुन बाकी, यदी एफपिओमार्फत बेचेमा आपूर्ति बढने, मूल्य घट्ने )
९. विद्युतीय भुक्तानीमा लाग्ने भ्याट खारेज (कारोबार खर्च घट्ने)
१०. जलविद्युतमा जलाशयमा आधारित प्रोजेक्टलाई प्राथमिकता । हाइड्रोपावरको बिजुली खरिद गरेमा मात्रै भुक्तानी हुने । (अहिले उत्पादन भएपछि खरिद गरेपनी नगरे पनि भुक्तानी हुन्छ ।)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register