‘ब्रिटेन्स् गट ट्यालेन्ट’ जिताउन विनिता क्षेत्रीलाई भोट गर्ने कसरी? (लिंकसहित)

लन्डन- बेलायतको प्रख्यात रियालिटी शो ब्रिटेन्स् गट ट्यालेन्टको यसपटकको प्रतिस्पर्धामा फाइनल राउन्डमा पुगेकी भारत आसामकी नेपाली चेली विनिता क्षेत्री र उनको परिवारले बेलायतवासी नेपालीहरुसमक्ष सहयोगको आव्हान गरेका छन् । विनिता र उनका बाबु अमरले नेपालीलिंकमार्फत् बेलायतवासी नेपालीहरुलाई भिडियो सन्देश पठाउंदै उनको लागि भोटिङ गरिदिन अपील गरेका हुन् । विनितासंगै प्रतियोगिताको फाइनल पुगेका १० जना प्रतियोगीमध्येबाट […]

May 29, 2025 - 18:04
 0
‘ब्रिटेन्स् गट ट्यालेन्ट’ जिताउन विनिता क्षेत्रीलाई भोट गर्ने कसरी? (लिंकसहित)

लन्डन- बेलायतको प्रख्यात रियालिटी शो ब्रिटेन्स् गट ट्यालेन्टको यसपटकको प्रतिस्पर्धामा फाइनल राउन्डमा पुगेकी भारत आसामकी नेपाली चेली विनिता क्षेत्री र उनको परिवारले बेलायतवासी नेपालीहरुसमक्ष सहयोगको आव्हान गरेका छन् ।

विनिता र उनका बाबु अमरले नेपालीलिंकमार्फत् बेलायतवासी नेपालीहरुलाई भिडियो सन्देश पठाउंदै उनको लागि भोटिङ गरिदिन अपील गरेका हुन् ।

विनितासंगै प्रतियोगिताको फाइनल पुगेका १० जना प्रतियोगीमध्येबाट एक जनालाई विजेता चयन गर्ने फाइनल प्रतिस्पर्धा यही शनिबार ३१ मेको साँझ लन्डनमा आयोजना हुंदैछ।

सोही दिन बेलायती समयअनुसार बेलुका ७ देखि ९ बजेसम्म मात्र दुई घन्टाको लागि पब्लिक भोटिङ खुला हुनेछ । र त्यहि २ घण्टाभित्र जुन प्रतियोगीले सबैभन्दा बढी भोट प्राप्त गर्छ, उसैलाई विजेता घोषणा गरिनेछ ।

एक भन्दा बढी प्रतियोगीले समान भोट प्राप्त गरेको अवस्थामा अन्तिम निर्णय लिने अधिकार निर्णायकहरुलाई जानेछ । र निर्णायकहरुमा पनि मत बाझिए एक जना प्रमुख निर्णायक हुन्छन्, तीनैले रोजेको प्रतियोगीलाई विजेता घोषणा गरिनेछ ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आइटीभी वान च्यानलबाट लाइभ प्रसारण हुनेछ ।

शनिबार मे ३१ का दिन बेलायती समयअनुसार बेलुका ७ बजेदेखि ९ बजेसम्मको भोटिङ लाइन खुला भएको समयभित्र आइटीभीकै वेबसाइटमा गएर भोट गर्न सकिनेछ ।

भोट गर्नका लागि आइटीभीको वेबसाइट www.itv.com/vote भोट मा जानुपर्नेछ । तर भोट गर्नका लागि बेलायतको मोबाइल नम्बर अनिवार्य छ ।

आफ्नो मोबाइल नम्बर राखेर लगिन गरेपछि मात्रै सबै प्रतियोगीहरुको नाम रहेको लिष्टसम्म पुगिनेछ । र त्यही लिष्टबाट विनिता क्षेत्रीको नाम छनोट गरेर आफ्नो भोट दिन सकिनेछ।

एउटा मोबाइल नम्बर राखेर लगिन गरेपछि बढीमा ५ वटासम्म भोट गर्न सकिन्छ । ती सबै ५ भोट विनितालाई मात्रै दिन पनि मिल्नेछ ।

फाइनल शो लाइभ प्रसारण भएका बेला टिभी स्क्रिनमा सार्वजनिक गरिने टेलिफोन नम्बरमा सम्पर्क गरेर पनि भोट दिन सकिनेछ ।

त्यही दुई घण्टाभित्र यदी विनिताले अरु प्रतियोगीहरुले भन्दा बढी भोट प्राप्त गर्न सकिन् भने उनी विजेता बन्न सक्नेछिन् ।

विजेतालाई २ लाख ५० हजार पाउण्डको नगद पुरस्कारका साथै अरु थुप्रै अवसरहरु पनि प्रदान गरिनेछ ।

विनिता क्षेत्रीलाई भोट गर्ने कसरी? भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register