रिलाइबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा २१ लाख बढीको मृत्यु दाबी भुक्तानी

लमजुङ।  रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नी बीमित स्व. अनिता थापा श्रेष्ठको मृत्युपश्चात् उनको परिवारलाई मृत्यु दाबी बापत २१ लाख भन्दा बढी रुपैयाँको भुक्तानी हस्तान्तरण गरेको छ । स्व. अनिता थापा श्रेष्ठको गत वैशाख ७ गते डुम्रे बेसीशहर सडक खण्ड अन्तर्गत भानु नगरपालिका १० नेपाल डाँडामा सडक दुर्घटनामा परि मृत्यु भएको थियो । उनले रिलाइबल […]

May 29, 2025 - 18:13
 0
रिलाइबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा २१ लाख बढीको मृत्यु दाबी भुक्तानी

लमजुङ। 

रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नी बीमित स्व. अनिता थापा श्रेष्ठको मृत्युपश्चात् उनको परिवारलाई मृत्यु दाबी बापत २१ लाख भन्दा बढी रुपैयाँको भुक्तानी हस्तान्तरण गरेको छ ।

स्व. अनिता थापा श्रेष्ठको गत वैशाख ७ गते डुम्रे बेसीशहर सडक खण्ड अन्तर्गत भानु नगरपालिका १० नेपाल डाँडामा सडक दुर्घटनामा परि मृत्यु भएको थियो । उनले रिलाइबल नेपाल लाइफसँग १० लाख रुपैयाँको बीमा गरेकी थिइन् र बीमा अवधिमा जम्मा ६ किस्ता मात्र बुझाएकी थिइन् । मृत्युपछि बोनससहित मृत्यु दाबी बापत कम्पनीले २१ लाख ६७ हजार रुपैयाँको भुक्तानी गरेको लमजुङ शाखाका शाखा प्रमुख राजु गुरुङले बताए । 

उक्त रकम बेसीशहर नगरपालिका–८ का वडा अध्यक्ष पवित्र थापा रानाले एक औपचारिक कार्यक्रमबीच मृतकको परिवारलाई हस्तान्तरण गरेकी हुन् ।

यसै संगै रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखाले एजेन्सी उत्प्रेरण तालिम समेत आयोजना गरेको थियो थियो, जसले बीमा व्यवसायमा संलग्न एजेन्टहरुलाई थप जानकारी र प्रेरणा प्रदान गरेको थियो ।

लमजुङ शाखाका प्रमुख राजु गुरुङको सञ्चालन गरेको  कार्यक्रममा प्रदेश प्रमुख सरोज अधिकारीले प्रशिक्षण दिएका थिए । उनले बीमा व्यवसायमा इमानदारी, ग्राहक सेवा र दीर्घकालीन सम्बन्ध निर्माणको महत्वबारे जानकारी साथै, बीमा अभिकर्ताहरुले बजारमा कसरी अझ प्रभावकारी रुपमा काम गर्न सकिन्छ भन्ने विषयमा पनि प्रशिक्षण दिएका थिए । प्रदेश प्रमुख अधिकारीले रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भविष्यमा पनि बीमितहरुको विश्वासलाई उच्च प्राथमिकता दिँदै जिम्मेवार र प्रभावकारी सेवा प्रदान गर्ने  प्रतिबद्धता व्यक्त गरे । 

तालिममा कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो । तालिमको प्रमुख उद्देश्य बीमा अभिकर्ताहरूरुको सीप, दक्षता र प्रेरणा अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुले यस्ता तालिमहरुले आफूहरुलाई आत्मविश्वासी र व्यावसायिक रुपमा सक्षम बनाउने बताउँदै आगामी दिनमा अझ जिम्मेवार ढंगले कार्य गर्ने प्रतिबद्धता जनाए । रिलायबल इन्स्योरेन्सले भविष्यमा पनि यस्ता प्रभावकारी तालिमहरुलाई निरन्तरता दिने शाखा प्रमुख गुरुङको भनाई छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register