विभिन्न किसिमका सुनका गरगहनासहित दुई जना पक्राउ

कास्की। पोखरा महानगरपालिका-२२ पुम्दी भुम्दीबाट करिब ८२ तोला १६ लाल बराबरका विभिन्न किसिमका सुनका गरगहनासहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत न्यू प्रताप नगर जिटि रोड अमृतसर-१ पंजाव घर भएका ४९ वर्षीय कुलदिप सिंह र रूपन्देही तिलोत्तमा नगरपालिका-१६ पूर्वबहिया घर भएका ४७ वर्षीय राम बहादुर विक रहेका छन् । पोखराका […]

Jun 21, 2025 - 12:44
 0
विभिन्न किसिमका सुनका गरगहनासहित दुई जना पक्राउ

कास्की।

पोखरा महानगरपालिका-२२ पुम्दी भुम्दीबाट करिब ८२ तोला १६ लाल बराबरका विभिन्न किसिमका सुनका गरगहनासहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत न्यू प्रताप नगर जिटि रोड अमृतसर-१ पंजाव घर भएका ४९ वर्षीय कुलदिप सिंह र रूपन्देही तिलोत्तमा नगरपालिका-१६ पूर्वबहिया घर भएका ४७ वर्षीय राम बहादुर विक रहेका छन् । पोखराका विभिन्न स्थानहरूमा अवैध रूपमा विक्री वितरणको लागि सुन ल्याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बुटबलतर्फ जाँदै गरेको माईक्रो बसमा सवार उनीहरूलाई सुनको गरगहना सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूको साथबाट सुनको ढिक्का, सिक्री २९ थान, दानावाला माला १ थान, पथ्थर जडित र हिरा जडित औंठी ५७ थान, कानमा लगाउने जुली ३ सय २४ थान, मंगलसुत्र १७ थान, लकेट ९९ थान, कालो र रातो माला सहितका पोते १९ थान र झुम्का बरामद भएको छ ।

उनीहरूलाई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register