माओवादी सांसदले मागे प्रधानमन्त्रीको राजिनामा 

काठमाडौँ । माओवादी केन्द्रका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद महेन्द्र बहादुर शाहीले प्रधानमन्त्रीको राजिनामा मागेका हुन् ।  प्रधानमन्त्रीले गर्नुपर्ने थुप्रै कामहरु गर्न नसकेको भन्दै सांसद शाहीले राजिनामा दिएर मार्ग प्रसस्त गर्न माग गरेका छन् ।  उनले हाल शिक्षक, स्वास्थ्यकर्मी, सहकारी पीडित सबै सडक आन्दोलन […]

Apr 29, 2025 - 09:36
 0
माओवादी सांसदले मागे प्रधानमन्त्रीको राजिनामा 

काठमाडौँ । माओवादी केन्द्रका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद महेन्द्र बहादुर शाहीले प्रधानमन्त्रीको राजिनामा मागेका हुन् । 

प्रधानमन्त्रीले गर्नुपर्ने थुप्रै कामहरु गर्न नसकेको भन्दै सांसद शाहीले राजिनामा दिएर मार्ग प्रसस्त गर्न माग गरेका छन् । 

उनले हाल शिक्षक, स्वास्थ्यकर्मी, सहकारी पीडित सबै सडक आन्दोलन उत्रिएको र कर्मचारी पनि आन्दोलनमा उत्रिने तयारी गर्दा पनि सरकार रमिते भएको बताएका छन् । यति हुँदा पनि सरकारले कुनै निकास दिन नसकेको भन्दै सांसद शाहीले सरकारप्रति आक्रोश पोखेका छन् । 

त्यस्तै, उनले सरकारलाई तत्काल आन्दोलनमा उत्रिएका सबै पक्षको माग सम्बोधन गर्न नसके प्रधानमन्त्रीलाई राजिनामा दिन भनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register