सिद्धी खोलाले बगाएका पुरुषको शव झापाको नहरमा फेला

झापा, २७ जेठ । झापाको मेचीनगर नगरपालिका–१ सुनारे टोलस्थित सिचाइ नहरमा एक पुरुषको शव फेला परेको छ। इलामको रोङ गाउँपालिका–६ निवासी ५६ वर्षीय भगिरथ तामाङ सिद्धी खोलाले बगाई ल्याएको अवस्थामा मृत फेला परेका हुन् । आज बिहान प्राप्त जानकारी अनुसार तामाङको शव मेचीनगर नगरपालिका–२ भृकुटीसम्म सिचाइका लागि लगिएको नहरको ढोकामा घोप्टो परेर अड्किएको अवस्थामा फेला [...] The post सिद्धी खोलाले बगाएका पुरुषको शव झापाको नहरमा फेला appeared first on Jhapa Online.

May 31, 2025 - 14:05
 0
सिद्धी खोलाले बगाएका पुरुषको शव झापाको नहरमा फेला

झापा, २७ जेठ । झापाको मेचीनगर नगरपालिका–१ सुनारे टोलस्थित सिचाइ नहरमा एक पुरुषको शव फेला परेको छ। इलामको रोङ गाउँपालिका–६ निवासी ५६ वर्षीय भगिरथ तामाङ सिद्धी खोलाले बगाई ल्याएको अवस्थामा मृत फेला परेका हुन् ।

आज बिहान प्राप्त जानकारी अनुसार तामाङको शव मेचीनगर नगरपालिका–२ भृकुटीसम्म सिचाइका लागि लगिएको नहरको ढोकामा घोप्टो परेर अड्किएको अवस्थामा फेला परेको हो ।

घटना सम्बन्धमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी तिर्थेखोलाबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

The post सिद्धी खोलाले बगाएका पुरुषको शव झापाको नहरमा फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register