ठूला दलका शीर्ष नेताले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन् – गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट विश्राम लिने घोषणा गरे अहिले देखिएका सबै आन्दोलन रोकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार रहँदा समाजलाई स्वीकार गर्न कठिन भएकाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट विश्राम लिए अहिले देखिएको सबै आन्दोलन रोकिने […]

May 31, 2025 - 14:04
 0
ठूला दलका शीर्ष नेताले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन् – गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट विश्राम लिने घोषणा गरे अहिले देखिएका सबै आन्दोलन रोकिने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार रहँदा समाजलाई स्वीकार गर्न कठिन भएकाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट विश्राम लिए अहिले देखिएको सबै आन्दोलन रोकिने बताएका हुन् ।

भ्रष्टाचारलगायत खराब काम भइरहेको भन्दै थापाले जनताले तेर्‍याएका प्रश्नहरुलाई नेतृत्व तहमा बसेकाहरुले गम्भीर रुपमा लिनुपर्ने जिकिर गरे । राजनीतिक दलहरुले आफूलाई फरक ठान्न सकेमात्रै विकृत गठबन्धनको राजनीति संस्कारलाई बाहिर निकाल्ने उनले बताइ ।

त्यस्तै, थापाले नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले कहिले पनि संवैधानिक बनाउनै नसक्ने उल्लेख गरे । संवैधानिक राजसंस्था भनेर राप्रपाका नेताहरुले झुक्काउने काम गरेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register