बारामा टिपरको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

रौतहट । बाराको कलैयामा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बालमन्दिर अगाडि ना १ क ८०५६ नम्बरको टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्यको घोडासहन घर र कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा मामाघर भएकी पाँच वर्षीया सिवानी […]

Jun 1, 2025 - 14:22
 0
बारामा टिपरको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

रौतहट । बाराको कलैयामा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बालमन्दिर अगाडि ना १ क ८०५६ नम्बरको टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा भारतको बिहार राज्यको घोडासहन घर र कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा मामाघर भएकी पाँच वर्षीया सिवानी गुप्ता रहेको बारा प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो २.३० बजेतिर टिपरको ठक्करबाट गम्भीर घाइते सिवानीलाई उपचारका लागि एलएस न्यूरो अस्पताल नौतनमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेको अस्पतालका प्रशासन शाखा प्रमुख नन्देश सिंहले बताए ।

उनका अनुसार उपचारका क्रममा सिवानीको दिउँसो ४ः५ मा ज्यान गएको हो । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register