ट्रम्पसँगको चर्को विवादपछि बेलायत पुगे जेलेन्स्की
काठमाडौं । रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्को विवादपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बेलायत पुगेका छन् । त्यहाँ उनले बेलायतको समर्थन पाएको बीबीसीको समाचारमा उल्लेख छ । बेलायती प्रधानमन्त्री केयर स्टारमरले टेन डाउनिङ स्ट्रिटमा भएको बैठकमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ‘बेलायतको पूर्ण समर्थन’ रहेको बताएका हुन् । बेलायत आइपुगेपछि, जेलेन्स्कीले स्टारमरलाई बेलायतजस्तो […]

काठमाडौं । रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्को विवादपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बेलायत पुगेका छन् । त्यहाँ उनले बेलायतको समर्थन पाएको बीबीसीको समाचारमा उल्लेख छ ।
बेलायती प्रधानमन्त्री केयर स्टारमरले टेन डाउनिङ स्ट्रिटमा भएको बैठकमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ‘बेलायतको पूर्ण समर्थन’ रहेको बताएका हुन् ।
बेलायत आइपुगेपछि, जेलेन्स्कीले स्टारमरलाई बेलायतजस्तो साथी पाएकोमा खुसी लागेको बताएका छन् । ‘हाम्रो देशले बेलायतजस्ता साथी पाएको छ, यसमा खुसी छु,’ उनले भने ।
जेलेन्स्कीले यस युद्धमा आफ्नो साथ दिएकोमा बेलायतलाई धन्यवाद पनि दिए ।
यसअघि, जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमा भेटेका थिए र दुई नेताहरूबीचको कुराकानी चर्को बहसमा परिणत भएको थियो ।
यसैबीच जेलेन्स्की र स्टारमरले युक्रेनी सैन्य आपूर्तिको लागि २.२६ अर्ब पाउन्ड ऋणमा पनि हस्ताक्षर गरे । जुन हाल फ्रिज गरिएका रुसी सम्पत्तिहरूबाट प्राप्त नाफा प्रयोग गरेर फिर्ता गरिने छ ।
स्टारमरले आइतबार युरोपेली नेताहरूको शिखर सम्मेलनको आयोजना गर्नेछन् । जहाँ रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासका साथै युरोपेली सुरक्षाको बारेमा गहन छलफल गरिने छ ।
जेलेन्स्कीले बेलायतका राजा चाल्र्स तृतीयलाई पनि भेट्ने कार्यक्रम छ ।
जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएपछि के भन्छन् युरोपेली नेता ?
What's Your Reaction?






