सोमबार १.६० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर खरिद बिक्री हुँदा रू.  ९ अर्ब २२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Jun 2, 2025 - 10:46
 0
सोमबार १.६० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर खरिद बिक्री हुँदा रू.  ९ अर्ब २२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको ८७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको बजारमा ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register