‘प्रमाणपत्रका आधारमा ऋण दिनेबारे सोच्नुपर्छ’- सन्तोष चालिसे 

काठमाडौँ । अर्थ समितिका सभापति सन्तोष चालिसेले विधि पुर्याउने नाममा बैंकहरुले ऋणीलाई दुःख दिने गरेको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रामा तरलता थुप्रिएको बताउँदै विधि पुर्याउने नाममा बैंकहरुले ऋणीहरुलाई दुःख दिने गरेको बताएका छन् ।  त्यस्तै, चालिसेले काम गर्न चाहनेलाई क्षमताको आधारमा […]

Jun 2, 2025 - 10:46
 0
‘प्रमाणपत्रका आधारमा ऋण दिनेबारे सोच्नुपर्छ’- सन्तोष चालिसे 

काठमाडौँ । अर्थ समितिका सभापति सन्तोष चालिसेले विधि पुर्याउने नाममा बैंकहरुले ऋणीलाई दुःख दिने गरेको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रामा तरलता थुप्रिएको बताउँदै विधि पुर्याउने नाममा बैंकहरुले ऋणीहरुलाई दुःख दिने गरेको बताएका छन् । 

त्यस्तै, चालिसेले काम गर्न चाहनेलाई क्षमताको आधारमा बैंकले सहज रुपमा कर्जा दिने वातावरण बनाउनुपर्नेमा पनि जोड दिएका छन् । उनले साना उद्योगीलाई ऋण दिने विषय प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।  

अर्कोतर्फ हाल १४ प्रतिशतबाट ७ प्रतिशतमा ब्याजदर झर्दा पनि बैंकमा कोही पनि पैसा लिन नजानु चिन्ताको विषय भएको उनको भनाई छ । उनले अरु देशमा प्रमाणपत्रका आधारमा पनि ऋण दिने व्यवस्था भएको सम्झिँदै नेपालमा पनि त्यसबारे सोच्नुपर्ने बेला भएको बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register