मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ । सोमबार बैंककमा सम्पन्न खेलका नेपाल घरेलु टोलीसँग २–० गोलअन्तरले पराजित हो । थाइल्यान्डका लागि मोंग्कोल्दी र रोडथोंगले दोस्रो हाफमा एक–एक गोल गरेका थिए । पहिलो हाफका दौरान आक्रमणमा केही अवसर सिर्जना गरेको नेपाल दोस्रो हाफमा भने गोल खाएपछि दबाबमा परेको […]

Jun 2, 2025 - 14:43
 0
मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ । सोमबार बैंककमा सम्पन्न खेलका नेपाल घरेलु टोलीसँग २–० गोलअन्तरले पराजित हो ।

थाइल्यान्डका लागि मोंग्कोल्दी र रोडथोंगले दोस्रो हाफमा एक–एक गोल गरेका थिए ।

पहिलो हाफका दौरान आक्रमणमा केही अवसर सिर्जना गरेको नेपाल दोस्रो हाफमा भने गोल खाएपछि दबाबमा परेको थियो ।

यसअघि भएको क्लोज डोर मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजित भएको थियो । नेपाल अर्को महिना हुने एसियन कप छनोटको तयारीमा रहेको छ ।

नेपालले अर्को महिना एएफसी महिला एसियन कपको छनोट खेल्दैछ । उज्वेकिस्तानमा हुने प्रतियोगितामा नेपालले आयोजकसँगै लाओस र श्रीलंकाको सामना गर्नेछ ।

समूहको शीर्षस्थानमा रहने चार टोली टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपमा स्थान पक्का गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register